खोजी/अनुसन्धान

कुमारी आमा’ ले वच्चा जन्माइन्,महिला विकासकी कर्मचारीले लगिन्,अस्पतालमा कर्मचारीको जागिर चट्

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुस २६ गते एक युवती गर्भवती गराउन आइपुगिन् । उनको साथमा अरु कोहि थिएनन् । उनी एक्लै थिइन् । उनको गर्भमा रहेको बच्चाको बाबु पनि को थिए अस्पतालका कर्मचारीलाई थाहा भएन । अस्पतालकै कर्मचारीको शब्दमा उनी ‘कुमारी आमा ’ थिइन् । अर्थात् विना बैवाहिक सम्बन्ध उनी गर्भवती भइन् र बच्चा जन्माउन आएकी थिइन् ।..

सन्धि विपरित भारतले लगायो साढे ४ प्रतिशत सेवा कर, भारत हुँदै आयात हुने वस्तुको भाउ महंगिने

भारतले भूपरिवेष्ठित मुलुकको पाउने व्यापार तथा पारबहन अधिकार सम्बन्धि सन्धि विपरित नेपालले भारतीय बन्दरगाह पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात गर्ने वस्तुमा अतिरिक्त सेवा शुल्क कर लगाएको छ । यसले भारतीय बन्दरगाह पोर्ट हुँदै नेपाल आउन वस्तुको मूल्य आकासिने छ । भारतले राजपत्रमा सूचना प्रकासित गरेर भारतीय पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात..

पृथ्वीजयन्ती लगत्तै सुरु भएको थियो माघ १९ को तयारी

माघ १९, २०६१ को शाही कदमको बीजारोपण २०५९ असोज १८ अघि नै भएको हो । तर, सुरुमा त्यत्रो कठोर कदम चाल्ने योजना थिएन । यद्यपि, तत्कालीन परिस्थितिको समग्र मूल्यांकनका आधारमा केही न केही कदम चाल्नुपर्ने बाध्यता दरबारले महसुस गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटनको सिफारिस गर्नुभन्दा अगाडि नै यस्तो महसुस भएको थियो..

सचिवले टेरेनन् सर्वोच्चलाई : अवैधानिक एनओसी अध्यक्षसँग विदेश भ्रमण

सर्वोच्च अदालतबाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारी विदेश भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालतले रुक्मशमशेर राणा नेतृत्वको एनओसीलाई वैधानिकता दिने आफ्नो निर्णय कार्यान्वयन गराउन पटकपटक पत्राचार गरिरहे पनि मन्त्रालयकै पदाधिकारी भने..

प्रम प्रचण्डकै शासनमा प्रचण्ड लगायतका माओवादी नेताबिरुद्ध युद्धकालीन मुद्दा क्रियाशील, दोषीको लिस्टमा प्रचण्ड र बादल

सत्य निरुपण तथा मेलमिलाप आयोगले माओवादी सशस्त्र द्वन्द्वका बेलामा राज्य र विद्रोही दुवै पक्षबाट भएका ज्यादतीका घटनाको छानविन गर्ने भनिएको थियो । तर यही प्रकृतिका घटनामा ओखलढुंगा जिल्लामा भने सत्तारुढ माओवादी केन्द्रको सिंगो जिल्ला र केन्द्रीय नेतृत्व अहिलेसम्म फौजदारी मुद्दा खेप्न बाध्य छ । माओवादी अध्यक्ष तथा जनयुद्धका कमाण्डर..

प्रचण्डको विश्वासपात्रदेखि विभाजन हुँदै युद्धको तयारीमा विप्लव

घटना ०५१ सालको हो । नेकपा एकता केन्द्रका बहुमत केन्द्रीय सदस्यले १६-२१ जेठ ०५१ मा चितवनमा प्रथम राष्ट्रिय सम्मेलन गरी निर्मल लामा, अमिक शेरचनहरूलाई कारबाही घोषणा गरे । यसपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको यो समूहले ‘जनयुद्ध’ थाल्ने भन्दै आर्थिक संकलन तथा केन्द्रीय सदस्यहरूको निश्चित सम्पत्ति पार्टीकरण गर्यो । तर, वर्ष दिन..

प्रहरी भित्र सामान सप्लाई ठेक्कामा दोषी देखिए यी व्यापारीहरु

नेपाल प्रहरीका हाकिमहरुलाई के मतलब छ र ? आखिर दुःख पीडा हुने त तल्लो तहका जवानहरुलाई नै हो । हाकिमहरु मोज मस्तीमा रमाउँछन् तर जवान र हवल्दार तहका प्रहरीहरु सधै जसो दुःख गरेरै जिउनुपर्छ । उनीहरुले खाने र लाउने सामानहरुमा यति धेरै चलखेल हुँदो रहेछ कि बेईमान गर्ने ठेकेदारहरुलाई तह लगाउन सक्दैनन् प्रहरीका हाकिमहरुले । अहिले नेपाल प्रहरीको..

४२ बिघा जलाधार क्षेत्र व्यक्तिको ‘कब्जा’

पहिल्यै सट्टाभर्ना पाए पनि सुनसरीको साबिक बाँझगरा–९ स्थित सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा अढाइ दशकदेखि विभिन्न व्यक्तिले 'कब्जा' गरी भोगचलन गर्दै आएको खुलेको छ। जलाधर क्षेत्र संरक्षणका लागि सरकारले स्थानीयलाई २०३४ सालमा सट्टाभर्ना दिएर मोरङको बयरवन स्थानान्तरण गरे पनि फर्केर सोही जग्गा 'कब्जा' जमाएको मालपोत कार्यालय, बेलबारी..

बिचौलियासँग होटलमा भेटिए नेपाल प्रहरीका ‘भावी महानिरीक्षक’

प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआइजीहरु आफ्नो ड्युटी नै छाडेर राजनीतिक लबिङमा जुट्न थालेका छन् । ‘ठूला बिचौलिया’ हरु मार्फत भावी आइजीपीका दाबेदारहरु प्रभावशाली नेताका निवास एवं होटलहरुमा भेटिन थालेका छन् । आइजीपी दाबेदारको तेस्रो बरियतामा रहेका डीआइजी जयबहादुर चन्द मंगलबार कार्यालय समयमा नयाँ बानेश्वरको इन्द्रेणी..

चुहिए, नेपालबाट तराई टुक्र्याउने पटना भेलाका थप योजनाहरु

पछिल्लो पटक भारतको पटनास्थित गान्धी मैदानमा पुस १९ गते भारतीय अधिकारी, मधेसी मोर्चा, सीके राउत र तराईका सशस्त्र समुहका प्रतिनिधिको भेलाका थप योजनाहरु चुहिएका छन् । नेपालबाट तराई अलग्याउन अहिलेको सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि समेत अनुकुल रहेको उनीहरुको निश्कर्ष रहेको छ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना