उत्पीडितको आवाज

गृह जिल्लामै राजेन्द्र महतोविरुद्ध उत्रिए स्थानीयबासी, नागरिकता छानविन गर्न माग

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थप शंकटमा परेका छन् । उनलाई गृह जिल्लाकै जनताले समस्यामा पारेका हुन् । गृह जिल्ला सर्लाहीका हजारौं जनताले सार्वजनिक सभा गरेर राजेन्द्र महतोको नागरिकताको छानविन गरी कारवाही गर्न माग गरेका हुन् । उनीहरुले भारतबाट आएर छोटो समयमै महतोले किर्ते गरी नागरिकता लिएको, मन्त्री बनेको, सम्पत्ति थुपारेको र..

दुबई अदालतद्वारा एक नेपालीलाई डेढ करोड जरिवाना

साइबरक्राईम अपराध अभियोगमा दुबईमा एक नेपाली पक्राउ परेका छन् । उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड नेपाली रुपैयाँ) जरिवाना सुनाएको छ । सम्भवत नेपाली कामदारलाई लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । एक भारतीय मुलका नागरिकसँग मिलेर आफैंले काम गरेको कम्पनीको इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनीहरुलाई उक्त..

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण सम्झौता हुने

चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ऋण सम्झौता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरेर बसेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला विमानस्थलको ऋण सम्झौता गर्ने तयारी छ । चीनको एक्स्पोर्ट-इम्पोर्ट (एक्जिम) बैंकको सहुलियत ऋणमा पोखरामा विमानस्थल निर्माण गर्न थालिएको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा..

विप्लव माओवादी पर्वतद्धारा जनपरिषद् गठन, प्रमुखमा गिरी

देशैभर जनपरिषद् गठन गरेको विप्लव नेतृत्वको माओवादीले पर्वतमा पनि आज समान्तार सरकारको रुपमा जन प्रतिनिधीसभा तथा जनपरिषद् अर्थात् जनसरकार गठन गरेको छ । पर्वतको कुश्माबजारमा सम्पन्न भेलाले धौलागिरी उपब्युरो सदस्य बैकुण्ठ गिरीको नेतृत्वमा १ पछि थप्ने गरि ११ सदस्यीय जिल्ला जनसरकार गठन गरेको हो । उक्त परिपद्को उपप्रमुखमा ढक बहादुर..

यमीद्वारा दोहोरो सुविधा कटौती गरेको भन्दै मन्त्री शर्मालाई धम्की

पूर्व उच्च प्रशासकहरुको दोहोरो सुविधा कटौती गर्ने सरकारी निर्णयको विरोधमा सामान्य प्रशासनमन्त्री रेखा शर्मालाई धम्की दिनेमा अरु कोही नभएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी दिदी सासु कयोदेवी यमी रहेको रहस्य खुलेको छ । नयाँ शक्तिका संयोजक समेत रहेका भट्टराईकी दिदी सासु कयोदेवी यमीले मन्त्री शर्मालाई बुधबार मोबाइलमा फोन गरेर..

सांसदले हाँकेको कार खस्यो, एमाओवादी सांसदसहित चार जना घाइते

काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा एक सांसदसहित चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा..

राजधानीको नयाँ बानेश्वरमा विप्लव माओवादीको आक्रमण

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीको एक चारतारे होटलमा आक्रमण गरेको छ । सोमबार विप्लव माओवादीको मजदुर संगठनले नयाँ बानेश्वरको चारतारे होटल एभरेष्टमा आक्रमण गरेको हो । आफ्ना मजदुरलाई कामबाट निकालेको भन्दै विप्लव माओवादीले होटलमा लगाएको ताला प्रहरीको सहयोग लिएर तोडेपछि आक्रोशित विप्लव माओवादीका..

इन्सपेक्टर र असइमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिव ११ लाख रुपैयाँ  ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोटका नेत्रबहादुर शाही, गोरखाका विकास गुरुङ र कालिकोटका सतल महतरा छन‍् उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो। उनीहरुले नेपाल..

मोर्चाबाट एमाले नेताको घरमा आक्रमण, युवा संघका कार्यकर्तामाथि पेट्रोल बम

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोरङको रंगेली स्थित एमालेका तीनजना नेताको घरमा बुधबार राति आक्रमण गरेका छन् । रंगेली–५ स्थित नेताहरुको घरमा मोर्चाका कार्यकर्ताले एकैसाथ आक्रमण र ढुंगामुडा गरेका हुन् । एमाले रंगेली नगर इन्चार्ज दिनेश ठाकुर, ४ नम्बर क्षेत्रका क्षेत्रीय सहइन्चार्ज सन्तोश साह र एमाले..

विप्लव माओवादीको राजधानीमा समानान्तर सरकार घोषणा, प्रमुखमा खड्का चुनिए

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानी उपत्यकाभित्रको एउटा जिल्लामा पहिलो पटक जनसरकार घोषणा गरेको छ । जनपरिषदको नामबाट विप्लव माओवादीले सरकारलाई चुनौती दिँदै जनसरकार घोषणा गरेको हो । भक्तपुर जिल्लाको गोप्यस्थानमा आज (बुधबार) विप्लव माओवादीले जनसरकार घोषणा गरेको हो । जनसरकार घोषणाको कार्यक्रमलाई विप्लव..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro