बैंक/वित्तीय

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले..

धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट

धरानमा रहेको जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई आइतबार धरान उपमहानगरपालिका- ५ स्थित साउनेमा गोली प्रहार गरी  ४ लाख १० हजार नगद लुटपाट गरिएको छ। कम्मरमा गोली लागि घाइते भएका गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी..

नौ महिनामा सरकारका धेरैजसो आर्थिकसूचक निराशाजनक : व्यापार घाटा झण्डै १० खर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

चालु आर्थिक वर्षको नौ महिनामा सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक अवस्थाले आर्थिक सूचकको अवस्था निराशाजनक रहेको देखाएको हो । चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।..

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग गरी फरार रहेका तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। भारतमा लुकेर बसेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याएको हो।नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध..

प्रतिव्यक्ति एक लाख ८० हजार असुलेको अभियोगमा मेनपावर कम्पनीमा छापा

राजधानीको अल स्कील्स ईण्टरनेशनल ह्युमेन रिसोर्समा बैदेशिक रोजगार विभागले छापा मारेको छ । कुवेत पठाउने गरी ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजार लिएको उजुरी परेपछि सो मेनपावर कम्पनीमा विभागले छापा मारेको हो । सो क्रममा केहि व्यक्तिको मंगलवार(भोली) को उडान भएका कारण उनीहरुलाई प्रतिव्यक्ति १० हजारमा पठाउने व्यवस्था विभागले सो मेनपावर..

नेपाल राष्ट्र बैंकद्वारा १४ सहकारीको अनुमतिपत्र रद्द

नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ । मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र..

बैंक खाता रोक्ने सरकारी चेतावनी पछि पोखराका यातायात ब्यबसायी संस्थाले तीन करोड रुपियाँ झिके

सिन्डिकेट अन्त्य गर्न नमाने यातायातसंग सम्बन्धित संस्थाको बैंक खाता रोक्का गरेर संस्था दर्ता खारेज गर्ने चेतावनी दिएपछि यातायातसंग सम्बन्धित संस्थाहरुले भटाभट बैंक खाताबाट रकम झिक्न थालेका छन l बुधबारसम्म पोखराबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब तीन करोड निकालिसकेका छन्। समितिहरूले एकैपटक ठूलो परिमाणमा..

वित्तीय संस्थामा अहिलेसम्मकै सबैभन्दा ठूलो अपचलन : एनसीसी बैंकमा डेढ अर्ब घोटाला, सीआईबीद्वारा सञ्चालकसहित १३ जना पक्राउ

टपेन्द्र कार्की / काठमाडौं नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकमा १ अर्ब ५० करोड रुपैयाँ घोटाला गरेको अभियोगमा प्रहरीले सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकसँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर हुँदा त्यसको फाइदा उठाउँदै कमसल धितो राखेर कर्जा प्रवाह गरी बैंकलाई हानि नोक्सानी पु¥याएको..

नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंकबाट डेढ करोड कर्जा लिने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंक, पुतलीसडक शाखाबाट एक करोड ४२ लाख रुपैयाँ कर्जा लिने काठमाडौं –३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायव उपरीक्षक..

फोर्डले विभागलाई झुक्कायो, ठगी गरेको स्वीकार

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro