एक महिनादेखि हराएका पंकजको कंकाल स्याङ्जाको भालुपहाडमा भेटियो, हत्या हो कि दुर्घटना खुल्न बाँकी

संबाददाता : आश गुरुङ     प्रकाशित मिति: (२०७७ श्रावण १९, सोमबार) १४:२७

महिना दिनदेखि मोटरसाइकलसहित हराएका स्याङ्जाका पंकज गिरीको कंकाल सोमबार भालुपहाडमुन्तिर भेटिएको छ । हिजो साँझ भेटिएको उनले प्रयोग गरेको बुलेट मोटरसाइकल भेटिएकै ठाउँनजिक उनको कंकाल भेटिएको हो ।

माछा मार्न गएका मानिसहरुले उनले प्रयोग गरेको ना ४० प ३७२० नम्बरको बुलेट बाइक आइतबार साँझ भालुपहाड मुनि फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए र सवारी धनी खोजि गर्ने क्रममा मानव कंकाल भेटिएको प्रहरीले जानकारी दिएको छ।  घटनास्थलमा भेटिएको लुगाफाटोका आधारमा उक्त शब उनका आफन्तले असार १८ गते बुलेट बाइकसहित हराएका पकजको भएको भन्दै प्रहरॆसमक्ष सनाखत गरिदिएका थिए।

पंकजको मृत्यु भबितब्य हो या कर्तब्य गरी भएको हो भन्ने बारेमा एकिन भएको छैन।  दुर्घटनाबश वा कसैले मारेर ज्यान गएको हो भन्ने एकीन भएको छैन । तर जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका डिएसपी राजेन्द्र अधिकारीले त्यस बारे अनुसन्धान सुरु भईरहेको जानकारी दिए ।

असार १८ गतेदेखी  स्याङजा चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भई पोखरा–५ पस्र्याङ बस्ने पंकज गिरी वेपत्ता थिए। स्याङजा बाड्खोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइकमा पोखरा आएका १९ वर्षीय गिरी एक महिना वितिसक्दा पनि फेला परेका थिएनन ।

उनी हराएको खबर पाएपछि आफ्न्तले उनी निकट सबै साथीहरूलाई फोनबाट सोधपुछ गरे । तर पंकज कुनै साथी कहाँ पनि नगएको र पोखरा नआएको भन्ने खबर पाएपछि आफन्तले स्याङजा प्रहरी मात्र नभएर कास्की प्रहरीकहाँ समेत गुहार मागेको थियो ।

हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङजा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् । पोखरा बाग्लुङ वसपार्कमा रहेको सुनिल अटो पार्टसमा काम गर्ने गिरी असार १८ गते स्याङजाबाट हिँडेको तर पोखरा आई नपुग्दा बिच बाटोमा कसरी हराए भन्ने प्रश्न उठेको थियो ।

गिरीले स्याङजाबाट आउँदा प्रयोग गरेको बुलेट बाइक लेकसाइडबाट भाडामा लिएको भन्ने खुलेको छ । उनले चैत ८ गते लकडाउन अघिनै लेकसाइडमा रहेको पोखरा मोटरसाइकल रेन्ट हाउसबाट बाइक भाडामा लिएको र सो वापत एक पटक २५ हजार र अर्को पटक १० हजार गरी ३५ हजार रकम बुझाएका थिए ।


(२०७७ श्रावण १९, सोमबार) १४:२७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना