कास्की काँग्रेसका सभापति केसीद्वारा आफ्नो जन्मदिनमा बाढीपहिरो पिडितलाई आर्थिक सहयोग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ श्रावण १७, शनिबार) १३:५४

जन्मदिनको अवसर पारेर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित ३ जनाले शनिवार बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

सभापति केसी, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने र नेपाल प्रेस युनियन कास्कीका सदस्य महेन्द्र ढुगांनाले सामूहिक रुपमा आर्थिक सहयोग गरी जन्मदिन मनाएका हुन् ।

उनीहरुले पोखरा २६ पैतेडाडाँको पहिरो पीडित परिवार स्व. दुर्गा विकका परिवारलाई आर्थिक सहयोग गरेका थिए । असार २६ गतेको पहिरोमा परी दुर्गाको मृत्यु भएको थियो ।

केही दिन पहिले कास्की काँग्रेस सभापति केसीले फेसबुकमार्फत् साउन १७ गते जन्मदिन भएकाको भेटघाट गरी जन्मदिनलाई सामूहिक रुपमा सामाजिक कार्यमा लगाउन आव्हान गरेका थिए । सोही सूचनापछि केसी, लामिछाने र ढुङ्गानाबीच समन्वय भई सहयोग गर्न जुटेका हुन् ।

जन्मदिनलाई भड्किलो र खर्चिलो बनाउन नहुने सन्देश दिदै जन्मदिनलाई सामाजिक कार्यमा लगाउन सबैलाई प्रेरित गर्न यस्तो कार्यक्रम गरिएको कास्की काँग्रेसका सभापति केसीको भनाइ छ । उनले पहिरो पीडित परिवारका लागि सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न पहल गरिरहेको बताए ।

सोही कार्यक्रममा पोखरा सम्पर्क समाज अष्ट्रेलियाकोतर्फबाट पनि विकका परिवारलाई ११ हजार पाँच सय आर्थिक सहयोग गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य राजेन्द्र लामिछाने, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल र स्थानीय गोविन्द परियारले बोलेका थिए ।


(२०७७ श्रावण १७, शनिबार) १३:५४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना