पर्वतारोहण संघद्वारा लकडाउनका बेला चार जना कर्मचारी हठात् निष्कासन, निष्कासन पंचायती शैलीमा : प्रदेश सांसद कृष्ण थापा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ असार १७, बुधबार) १०:२१

देशमा महामारीकाकारण लक डाउन चलिरहेका बेला नेपाल पर्वतारोहण संघले चार जना कर्मचारीलाई हठात् निष्कासन गरेपछि पोखरास्थित अन्तररास्ट्रिय पर्वतीय संग्रहालयका कर्मचारी आन्दोलित बनेका छन्।  पोखराको रातोपहिरोमा रहेको अन्तररास्ट्रिय पर्वतीय संग्रहालय नेपाल पर्वतारोहण संघले स्थापना गरी संचालन गर्दै आएको छ।

नेपाल पर्वतारोहण संघले केन्द्रमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत  दिनेश सिन्धुराकर र प्रशासकीय अधिकृत सामा श्रेष्ठ तथा पोखराको अन्तररास्ट्रिय पर्वतीय संग्रहालयमा कार्यरत प्रशासकीय अधिकृत ऋषिराम पौडेल र म्युजियम सहायक क्युरेटर राजन जोशीलाई तीनदिन अघि अवकास दिएको छ।  संघले अवकासपत्रमा “हाललाई यहाँको सेवा आबस्यक नरहेकाले अवकाश दिइएको” कुरा उल्लेख गरिएको समाचार स्रोतको दाबी छ ।

नेपाल पर्वतारोहण संघको बिधानमा ‘माथि जे लेखेको भएपनि संघले आवस्यक नठानेमा  जुनसुकै बेला कर्मचारी बर्खास्त गर्नसक्ने” कुरा उल्लेख रहेको बताइएको छ।

केन्द्रबाट निष्कासित प्रमुख प्रशासकीय अधिकृत सिन्धुराकर र प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो अवकाशपत्र बुझिसकेका छन् भने अन्तररास्ट्रिय पर्वतीय संग्रहालयका प्रशासकीय अधिकृत पौडेल र सहायक क्युरेटर जोशीले अवकाशपत्र बुझेका छैनन्।  उनीहरुलाई अवकाशको जानकारी संघले इमेलमार्फत दिइसकेको बताइएको छ।

जोशी अन्तररास्ट्रिय पर्वतीय संग्रहालय कर्मचारी युनियनका अध्यक्ष हुन्।  यो संस्था जिल्ला प्रशासनमा दर्ता प्रक्रियामा रहेको बताइएको छ।  यस संस्था गण्डकी प्रदेशका सांसद कृष् थापाको प्रमुख आतिथ्यतामा गठन भएको प्राप्त जानकारीमा उल्लेख छ।

यसैबीच, पोखरा महानगरपालिका वडा नं १७ रातोपहिरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा कार्यरत म्युजियम विज्ञ राजन जोशीलाई संग्रहालय प्रशासनले अवकाश दिएकोमा प्रदेश सांसद कृष्ण थापाले आपत्ति जनाएका छन्  ।

जोशीको अवकाशका बारेमा गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा सांसद कृष्ण थापाले आपत्ति जनाएका हुन् । गण्डकी प्रदेश सरकाले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेट अन्तरगत विनियोजन विधयेकमाथि छलफल गर्ने क्रममा प्रदेश सांसद थापालेअघि  भने,“संगठनमा आवद्ध भएको कारण देखाएर म्युजियम विज्ञ जोशीलाई अवकाश दिइएको छ । यो निन्दनीय कार्य हो । तर उनले जोशी कुन र कस्तो संगठनमा आवद्ध थिए भन्ने बारेमा खुलाएनन् । संग्रहालय प्रशासनले विज्ञ जोशीलाई गरेको बरखास्तीलाई “पञ्चायती शैली”को संज्ञा दिंदै उनको पुर्नवहालीको माग गरे ।

अन्तररास्ट्रिय पर्वतीय संग्रहालयमा कार्यरत सहायक क्युरेटर जोशीको अवकाशको बारेमा प्रदेश संसदमा कुरा उठाएका सांसद थापाले उनीसंगै अवकाश पाएका प्रशासकीय अधिकृत ऋषिराम पौडेलको नाम समेत उच्चारण गरेनन।

प्रशासकीय अधिकृत पौडेल र सहायक क्युरेटर जोशीको अवकाशपछि त्यहाँ कार्यरत कर्मचारीहरु अन्तररास्ट्रिय पर्वतीय संग्रहालय कर्मचारी युनियनको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् र उनीहरु संग्रहालय अगाडी धर्ना दिईरहेका छन्। निष्काशित कर्मचारीहरुले आफुहरुलाई स्पस्टिकरण समेत नसोधी हठात् सेवाबाट अवकाश दिइएको जिकिर गरेका छन्।

कर्मचारी निष्कासनका बारेमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामासंग बुझ्न खोज्दा सम्पर्क हुन् सकेन।


(२०७७ असार १७, बुधबार) १०:२१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना