पोखरा महानगरपालिका वडा नम्बर २० बिसाउनास्थित मजुवामा गए राती एक मजदुरको बिभत्स तरीकाले हत्या गरिएको छ। ओखलढुंगा जिल्लाको सुनकोशी गाउपालिका वडा नम्बर ५ मुलखर्क निवासी अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङ्गको गएराती बिभत्स तरीकाले हत्या भएको हो।
करीब एक महिनादेखि स्थानीय बाटोमा काम गर्दै आएका उनलाई उनकै भतिज इन्द्र तामाङ्ग लामाले हत्या गरेको हुनसक्ने वडाध्यक्ष सिम गुरुङले जानकारी दिए। हत्यापश्चात इन्द्र तामाङ्ग लामा बेपत्ता छन्। मादक पदार्थ सेवन गरेका दुवै जना आपसमा बिबाद गर्न थालेपछि अर्का एक जना मजदुर त्यहाँबाट भागेको र बिहान आइहेर्दा टंकबहादुर मृत अवस्थामा भेटिएको बताइएको छ। शबको टाउकोमा गहिरो चोट रहनुका साथै एक आँखा फुटेको अवस्थामा रहेको प्राप्त जानकारीमा उल्लेख छ।

प्रहरी घटनास्थलमा पुगेर घटनास्थल प्रकृति मुचुल्का गरी लाश पोस्टमार्टमका लागि अस्पतालमा लागेको छ। घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। लक डाउन अघि त्यस स्थानमा काम गर्न आएका उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले पुरा राहत दिएको थियो।

हत्या गरिएका टंकबहादुर तामाङ्ग र हत्या गरेको आरोप लागेका इन्द्र तामाङ्ग लामा राहत बुझेपछि