भैंसेपाटी प्रहरी हिरासतबाट तीन जना थुनुवा फरार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २४, मंगलवार) १०:०२

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएका छन्। चाेरी मुद्दामा थुुनामा रहेका तीन जना थुनुवा कक्षको ग्रील उप्काएर गए राति हिरासतबाट फरार भएका हुन्।

गए राती प्रहरी प्रभाग भैंसेपाटीबाट विभिन्न मुद्दामा थुनामा रहेका रविनकुमार तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गरी तीन जना थुनुवा कक्षको ग्रील तोडेर फरार भएका हुन्। फरार भएका तिमिल्सेना लागुऔषध मुद्दामा र अन्य दुई जना डाका चोरी मुद्दामा थुनामा थिए।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले तीन जना थुनुवा भागेको पुष्टि गरे। जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको समेत उनले बताए।

यसैबीच, महानगरीय प्रहरी प्रभाग भैसेपाटीका प्रमुख  प्रहरी निरीक्षक किरण मल्ल सहित ड्युटीमा लापरबाही गर्ने प्रहरीमाथी कारबाहीको तयारी अघि बढाइएको छ । एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा छानबिन समिती गठन गरिएको छ।


(२०७६ असार २४, मंगलवार) १०:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro