स्थानीय तहबाट ‘पुरानो सत्ता’ खाली गराउने तयारीमा विप्लव नेतृत्वको नेकपा : भ्रष्टाचारीलाई जनकारबाहीको घोषणा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २४, मंगलवार) ०७:४८

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सेती महाकाली व्यूरोले स्थानीय तहमा व्याप्त भ्रष्टाचार विरुद्ध जनकारवाही गर्ने निर्णय गरेको छ। यसअघि रहेका सेती र महाकाली व्यूरो एकीकरणपछि बनेको सेती महाकाली ब्यूरोको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

‘बैठकले सेती महाकालीका स्थानीय निकायमा भइरहेको भ्रष्टाचार, मूल्यवृद्धि, वित्तीय संस्थाको नाममा भइरहेको लुटपाट, एनजिओ र आइएनजिओको अनावश्यक सामाजिक घुसपैठ, सरकारकी कार्यालयहरुको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त विकृति र विसंगती, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै गएको अनियमितता विरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै व्यूरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बैठकले युद्धकालमा कब्जा गरिएका कैलालीका लालपुर हरैया लगायतका जमिनहरुको लगत संकलन गरी पार्टीको नियन्त्रणमा राख्ने निर्णय गरेको छ। योसँगै उसले भूमाफियालाई कारवाही गर्दै पार्टीका नाममा अनाधिकारिक ढंगले चन्दा उठाउनलेलाई पनि कारवाही गर्ने निर्णय गरेको छ।

ब्यूरोको पहिलो बैठकले ८ वटा निर्णय गरेको छ। जसमध्ये एनसेलमाथिको कारवाहीलाई पनि प्राथमिकतामा राखेको छ।

‘राज्यालाई अर्बौको कर नतिर्ने र उपभोक्तालाई ठग्ने एनसेलका विरुद्ध ‘नो ट्याक्स नो एनसेल’ एनसेल बहिस्कार अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ,’ वक्तव्यमा भनिएको छ।

त्यस्तै, सो व्यूरोले संसदीय दलका भ्रष्ट नेता कार्यकर्ता र ‘कमिसनखोर’ कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ। उसले काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारी, चुरे क्षेत्रमा अवैध रुपमा वन फडानी रोक्ने तथा दोषीलाई कारवाही गर्ने निर्णय समेत लिएको छ। साथै प्राकृतिक सम्पदा माथिको दोहन र तस्करीलाई रोक्न अवैध बालुवा गिट्टी उत्खनन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ।

बैठकले कुमार पौडेल लगायतका नेताहरुलाई सरकारले गैर न्यायिक हत्या गरेको भन्दै सरकारविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ।

‘एकातिर कथित वार्ताको हल्ला गर्ने र अर्कोतिर हाम्रा नेता कार्यकर्ताहरुलाई जेल हाल्ने मुठभेडका नाममा इन्काउन्टर गर्ने रणनीतिमा केपी ओली को समाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलालहरुको यो रणनीतिलाई असफल पार्न बैठकले पार्टीले अगाडि सारेको सक्रिय रक्षाको नीतिमा रही काम कारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ।’

ब्यूरोको बैठकले गरेको निर्णय अनुसार आइतबार सुदुरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहमा एकै पटक तालाबन्दी गरेको थियो।

यता, विप्लव नेतृत्वको नेकपाको भेरी कर्णाली व्युरोले पनि स्थानीय तहमाथि कारवाही थालेको छ। कालिकोट लगायतका जिल्लाका स्थानीय तहमा तालाबन्दी गर्दै उसले कारवाही थालेको हो।

कुमार पौडेल लगायतका नेता कार्यकर्ताको हत्या, स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको तथा माथिल्लो कर्णाली, अरुण ३, माथिल्लो मर्स्याङ्दी लगायत तमाम परियोजनाहरु विदेशी एकाधिकारवादी माफियाहरुलाई दिएको भन्दै संघर्षलाई अगाडि बढाउने बताएको छ।

भेरी कर्णाली व्यूरोले अपील जारी गर्दै स्थानीय तहमा भएका भ्रष्टाचार विरुद्ध उभिन तथा काठ तस्कर, गिटी बालुवाको अवैध उत्खननका माफियालाई कारवाही गर्ने जनाएको छ। व्यूरोले अपील मार्फत् गाउँ नगरबाट पुरानो सत्ता खाली गर्ने अभियान चलाएको उद्घोष गरेको छ।

‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाकालागि सम्पूर्ण जनता संघर्षमा जुटौं,’ अपीलमा भनिएको छ, ‘दलाल पुँजीवादी सत्ताका आधारहरु तथा समाजिक दलाल पुँजीवादी सरकारका अखाडाहरुमा तालाबन्दी गरौं। देशबाट प्रतिक्रियावादी सत्ता खारेज गरौं, गाउँ नगरबाट पुरानो सत्ता खाली गराऔं।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सेती महाकाली व्यूरोले जारी गरेको बिज्ञप्ति 

प्रेस विज्ञप्ति / २०७६/३/२३
हाम्रो महान तथा गाैरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोकाे बैठक भरखरै सम्पन्न भएको छ । बैठकले लिएका केही सार्वजनिक महत्त्वका निर्णयहरूलाई सार्वजनिक जानकारीका लागि याे प्रेस विज्ञप्ति जारी गरिएको छ । जाे निम्न वमाेजिम छन् ।
१) सर्वप्रथम त सेती र महाकाली ब्युरोकाे एकीकरण पश्चात बसेकाे पहिलो बैठकले जनक्रान्तिका महान शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली सहित बेपत्ता तथा घाइते याेद्धाप्रति उच्च सम्मान ब्यक्त गर्दै भरखरै मात्र एकीकृत जनक्रान्तिकाे क्रममा बलिदान गर्नुहुने कमरेडहरु कुमार पाैडेल, महान, प्रज्वल शाही, तिर्थ घिमिरे, निरन्तर, दिपेन्द्र लगाएतका शहिदहरुकाे संझनामा शाेक प्रस्ताव पारित गरेको छ । साथै बैठकले शहिदहरुकाे नाममा निर्माण गरिने प्रतिष्ठान, अक्षय कोष र शहिदपरिवारलाई अार्थिक एवं भाैतिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।
२) बैठकले राज्यलाई अर्बौं कर नतिर्ने र उपभाेक्तालाई ठग्ने Ncell का बिरुद्ध No Tax No Ncell काे एनसेल बहिसष्कार अभियानलाई अगाडि बढाउने र त्यस अभियानमा अाम जनसमुदायलाई साथ दिन अपिल गर्ने निर्णय गरेको छ ।
३) कथित वैज्ञानिक वन व्यवस्थापन काे नाममा केही निश्चित दलाल काठ व्यवसायी, सामुदायिक वनका पदाधिकारी, संसदवादी दलका भ्रष्ट नेता कार्यकर्ता र कमिशनखाेर कर्मचारीकाे मिलेमतोमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित पर्यावरण नै नाश हुनेगरी कैलाली, कञ्चनपुर, चुरे र केही पहाडी जिल्लाका वनहरुमा जथाभावी रुख कटानी भएकोले यसलाई कडाइसाथ राेक्ने र दाेषि उपर कार्वाही गर्ने निर्णय बैठकले गरेको छ । साथै अनाधिकारिक रुपमा जथाभावी गिटी बालुवा उत्खनन र निकासी गर्ने, अन्य प्राकृत्तिक सम्पदा माथिको दाेहन र तस्करीलाई पनि नियन्त्रण गर्ने निर्णय पनि बैठकले लिएको छ ।
४) बैठकले पछिल्लोपटक मेलम्चीको ठेक्का प्रकरणमा भएको ठाडो भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालय काे सेवा अायाेगमा भएको नम्बर घटबढ काे घटना र टेलिकममा भएको फाेर जि घाेटाला जस्ता विषयमा ध्यान केन्द्रित गर्दै सेती महाकालीका स्थानीय निकायमा भईहेको भ्रष्टाचार, चर्को करबृद्धी, महंगी, वित्तीय संस्थाको नाममा भईरहेको लुटपाट, एनजीओ/ अाईएनजिअाेकाे अनावश्यक सामाजिक घुसपैठ , सरकारी कार्यालयहरूमा भईरहेको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त बिकृती र विसंगति, स्वास्थ्य र शिक्षा क्षेत्रमा माैलाउँदै गएको अनियमितता र विसंगति का बिरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
५) बैठकले युद्धकालमा कब्जा गरिएका कैलालीको लालपुर हरैया लगायतका जमिनहरुकाे लगत संकलन गरि पार्टीको नियन्त्रणमा राख्ने तथा भूमाफियाहरुलाई कार्वाही गर्ने निर्णय गरेको छ । साथै हाम्रो पार्टीको नाममा अनाधिकारीक चन्दा उठाउने ( कतिपय ठाउँमा पुलिस र अन्य लुटेरा समुहले हाम्रो पार्टीको लेटरप्याड र सहयोग रसिद प्रयोग गरेको प्रमाण फेला परेको छ ), विकास बजेटबाट घाेषित अघाेषित कमिशन खाने, उद्योगी व्यापारीबाट हप्ता उठाएर खाने तर उल्टै हाम्रो पार्टी माथि कथित चन्दा अातंककाे अाराेप लगाउने दलाल, भ्रष्ट र माफियाका विरुद्ध जनस्तरमा भण्डाफाेर र कार्वाही गर्ने निर्णय पनि गरिएको छ ।
६) केपी अाेलीकाे दलाल सरकारले अछाम, काभ्रेपलाञ्चोक, भाेजपुर हुँदै साेलुखुम्बु संखुवासभा सम्म कथित दाेहाेराे भिडन्तकाे नाममा एकतर्फी फायर खाेल्ने काम गरेको छ । कथित मुडभेट काे कलाविहिन नाटक मंचन गरि कमरेड कुमार र तिर्थलाई गैर न्यायिक हत्या गरिसकेको छ । हाम्रो पार्टीको सुरक्षा निकायका विरुद्ध फायर खाेल्ने निति नहुँदा नहुँदै एकोहाेराे फायर खाेल्नु भनेको हामीलाई उत्तेजित पार्ने र दलालहरुले अाफ्नाे असफलतालाई विषयान्तर गरि युद्ध भड्काउनु हाे । एकातिर कथित वार्ताको हल्ला गर्ने र अर्कोतिर हाम्रा नेता कार्यकर्तालाई जेल हाल्ने, अात्मसमर्पण गराउने र त्यो गर्न नसक्नेलाई कथित मुडभेट काे नाउँमा इन्काउण्टर गर्ने रणनीति केपी अाेलीकाे सामाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको छ । दलालहरुकाे याे रणनीति लाई असफल पार्न बैठकले पार्टीले अघि सारेको सक्रिय रक्षाकाे नितिमा रहि काम कार्वाहीलाई अगाडि बढाउने निर्णय लिएको छ ।
७) बैठकले केपी अाेली सरकारको गैर राजनीतिक चरित्र र फाँसिवादी व्यवहारका विरुद्ध सबै शक्ति र नागरिक समाजसँग मिलेर खुला राजनीतिक संघर्षलाई अगाडि बढाउने तथा राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे सवालमा मुद्दा मिल्ने सबैसँग सहकार्य काे लागि पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले शहिद परिवार र बन्दी परिवारकाे सवालमा पनि अावश्यक सहयाेग र हेरचाह गर्ने निर्णय गरेको छ ।
८) बैठकले जेठ महिनाको हावाहुरीले जनताको घर र केरा खेती लगायतकाे धनजनको क्षतिकाे उचित क्षतिपुर्ति दिन, किसानको मल बिउ र सिँचाइकाे उचित व्यवस्थापन गर्न र असारे विकासकाे नाममा भइरहेको अनियमिततालाई राेक्न, भारतबाट अाउने विषादीयुक्त फलफूल र तरकारी राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गर्ने र यदि त्यसलाई बेवास्ता गरे जनसत्ता मार्फत हस्तक्षेप गर्ने निर्णय गरेको छ ।
तसर्थ क्रान्ति हाम्रो पार्टीको मात्रै सराेकारकाे विषय नभएर याे सिंगो जनता र देशको विषय हाे । देशमा विद्यमान समस्या पनि हाम्रो पार्टीका नभइ अाम जनताका हुन । हाम्रो पार्टीको भनाइ यतिमात्र छ कि यसलाई सबै मिलेर हल गराै । अन्तमा सामाजिक दलाल फाँसिवादी केपी बादल सरकार द्वारा नेकपा बिरूद्ध लगाइएको प्रतिबन्ध, दमनधरपकड, हत्या आतंक, झुटा मुद्दा तथा राष्ट्रघात जनघात विरूद्ध प्रतिरोध सङ्घर्षमा सक्रिय भुमिका निर्वाह गर्नुहुने सेतिमहाकालीका नेता कार्यकर्ता तथा सहयोगात्मक भुमिका निर्वाह गर्नुहुने जनसमुदायमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
क्रान्तिकारी अभिवादन
क. निर्माण
इन्चार्ज


(२०७६ असार २४, मंगलवार) ०७:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro