असार २२ गते ने.क.पा.को नेपाल बन्द छैन : विप्लव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २१, शनिबार) २१:४२

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही असार २२ गते आफ्नो पार्टीले कुनै नेपाल बन्द कार्यक्रम आयोजना नगरेको जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन लगायतका बिभिन्न सञ्चारमाध्यमले झुट्ठा समाचार प्रकाशित गरेपछि त्यस समाचारको खण्डन गर्दै

प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताए । उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।

उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न मागसमेत गरेका छन् ।


(२०७६ असार २१, शनिबार) २१:४२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro