किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २०, शुक्रबार) १४:३६

पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनताको धितो जफत गरेर बेघरबार बनाउंछन् ।

ठिक त्यस्तै गरेको छ, स्वावलम्बन बैंकले जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीको । किस्ता तिर्न ढिलो गरेको भन्दै सो बैंकले सार्कीको भैँसी घरमा कोही नभएको बेला फुकाएर लगेको छ ।

जुम्लास्थित स्वावलम्बन बैंकबाट ८० हजार ऋण निकालेर गत वर्षको असारमा भैँसी खरिद गरेका सार्कीले गत माघसम्म मासिक किस्ता पनि तिरेका थिए । ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता तिर्नुपर्ने सहमति गरेका सार्कीले ६ माघ यता किस्ता तिरेका छैनन् ।

आफुले ऋण तिर्न नसक्नुकाकारण स्पस्ट पार्दै उनले अघि भने, ‘पैसा भएन । यताउताबाट ऋण निकाल्दा समयमा मिलेन । किस्ता तिर्न केही महिना ढिला भयो,’ उनले भने । ८० हजारमध्ये ४५ हजार तिर्न बाँकी छ । ‘त्यो पैसा पनि तिर्छु भनेकै छु, तिर्दिनँ भनेको छैन। ’  ढिलै भए पनि ऋण तिर्ने जानकारी दिएको भए पनि बैंकले वास्ता नगरेको उनले गुनासो गरे  । घरमा कोही नभएका वेला यही १० असारमा बैंकको टोली भैँसी लिएर गएको उनले बताए । ‘केही ढिला भयो । एकमुष्ट तिर्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ सार्कीले गुनासो गरे, ‘घरमा कोही थिएनौँ, बैंकवाला आएर भैँसी लगेछन् ।’

स्वावलम्बन बैंक, जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोराले ६ महिनासम्म किस्ता नतिरेपछि भैँसी लिएको बताए । बैंकले सार्कीको घरमा ल्याएको भैँसी अर्को गाउँका बासिन्दालाई हेरचाह  गर्ने जिम्मा दिएको छ ।

१८ प्रतिशतसम्म ब्याज
स्वावलम्बन बैंकले जुम्लाको गुठीचौर, तातोपानी र तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत समूह बनाएर व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ । किसानलाई ऋण लगानी गर्दा वार्षिक १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । समूहमार्फत पाँच करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बंैकका सहायक प्रबन्धक बोहोराले बताए । बैंकले जुम्लामा गत वर्ष १७ करोड २४ लाख कारोबार गरेको छ ।


(२०७६ असार २०, शुक्रबार) १४:३६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग गुहार मागेर सदरमुकाम.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन्.....

Exchange Rate

Nepali Patro