संखुवासभाबाट सम्पर्कबिहीन ने.क.पा.का जिल्लास्तरीय नेता तामाङ पक्राउ परेको प्रहरीको स्वीकारोक्ति, अधिकारीको अवस्था अझै अज्ञात

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १९, बिहीबार) १६:५९

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुर्बी केन्द्रीय कमाण्डले संखुवासभामा चलाइएको प्रहरीको ब्यापक सर्च अपरेशनको क्रममा आफ्नो दुई जना कार्यकर्ता सम्पर्कबिहीन भएको भनी सार्वजनिक बिज्ञप्ति निकालेकै भोलिपल्ट प्रहरीले एक जना ने.क.पा. का जिल्लास्तरीय नेतालाई आफुहरुले हतियारसहित पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले असार १६ गते गोली चलेको स्थान  संखुवासभाबाट विप्लव नेतृत्वको ने.क.पा. का जिल्लास्तारिय निमा दोर्जी तामाङलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानाकारी दिए ।  उनले असार १६ गते गोली चलेको भनिएको  स्थान नजिकै हाइला खोलाबाट पक्राउ गरिएका तामाङको साथबाट एक नाल एसएलआर, म्यागजिन, एउटा एलएमजी म्यागजिन, ७.६२ एमएमको ११० वटा गोली, ३ मिटर तार र १३ राउण्ड खाली खोका तथा मोबाइल, डायरी र ने.क.पा. को पर्चा पनि बरामद गरिएको जानकारी दिए । तामाङलाई हाल जिल्ला प्रहरी कार्यालय, संखुवासभाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको दाबी  छ ।

नेपाल कम्युनिष्ट पार्टी पुर्बी केन्द्रीय कमाण्डका इन्चार्ज विषमले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कथित दोहोरो गोली हानाहानपछी पार्टी सम्पर्कमा नरहेका आफ्ना कार्यकर्ता सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर  बाहिर आइरहेको जनाएका थिए ।  तर प्रहरीले ने.क.पा.ले उल्लेख गरेका व्यक्ति सुजन अधिकारीका बारेमा केही बोलेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी पुर्बी केन्द्रीय कमाण्ड इन्चार्ज बिसमले जारी गरेको त्यस विज्ञप्तिमा ‘गएको १६ गते सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि केपी–बादल गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाई दोहोरो भिडन्तको हल्ला पिटिएको’ उल्लेख छ ।

अहिले पनि दोहोरो भिडन्तको नाममा हेलिकोप्टरबाट उतारिएका सशस्त्र तथा नेपाल प्रहरीका कमाण्डो फोर्सहरुले सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ का गाउँहरुमा सर्च अपरेशनका नाममा आतंक मच्चाइएको आरोप लगाउंदै कमाण्ड इन्चार्ज बिसमले त्यस क्षेत्रमा चलाइएको फासिवादी दमन तुरुन्त बन्द गर्न माग गरेका छन् । साथै उनले ने.क.पा.को पूर्वी केन्द्रीय कमाण्ड अन्तर्गत गिरफ्तार गरी जेल र हिरासतमा यातना भोगीरहेका करीब तीन दर्जन नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहाई गर्न अपिल गरेका छन्  ।


(२०७६ असार १९, बिहीबार) १६:५९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro