महान वैज्ञानिक हकिङले गरे पृथ्वी र मानव विनाशको भविष्यवाणी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १९, बिहीबार) १०:२७

संसारकै सबैभन्दा महान भौतिकशास्त्री मानिएका वैज्ञानिक स्टिफन हकिङको मृत्युको ६ महिनापछि प्रकाशित भएको उनको एक पुस्तकले विज्ञानजगतलाई हल्लाइदिएको छ ।

‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन्स’नामक यो पुस्तकमा यतिसम्म डरलाग्दा भविष्यवाणी गरिएका छन् कि पूरै संसार त्रसित बनेको छ । हकिङले यो पुस्तकमा पृथ्वी र मानव जातिकै विनाशको भविष्यवाणी गरेका छन् ।

हकिङले भयानक जलवायु परिवर्तनदेखि एलियन (अर्को ग्रहका प्राणी)को आक्रमणसम्मका भयानक भविष्यवाणी गरेका छन् । उनले पुस्तकमा यी सबै भविष्यवाणी सत्य हुने दावी समेत गरेका छन् ।

हकिङले गरेको सबैभन्दा भयानक भविष्यवाणी हो पृथ्वीको विनाश । हकिङले अहिलेसम्मका भौतिकशास्त्रीले गरेको अनुमान भन्दा निकै फरक तरिकाले पृथ्वीको अन्त्य हुने भविष्यवाणी गरेका छन् ।

उनले पृथ्वीको अन्त्य कुनै अन्तरिक्ष दुर्घटनामा हुने भविष्यवाणी गरेका छन् । मानव जातिले पत्तै नपाइ एकाएक पृथ्वीको विनाश हुने उनले दावी गरेका छन् ।

उनले लेखेका छन् ‘अन्तरिक्ष जति शान्त देखिन्छ त्यति शान्छ छैन । त्यहाँ ठूलो उथलपुथल मच्चिएको छ । त्यहाँ कैयौं ताराहरु अर्को तारालाई निल्छन् । कस्मिक किरणले पलभरमै कुनै ग्रहलाई बर्बाद बनाउन सक्छन् ।

अन्तरिक्षमा विशाल उल्कापिण्डहरु तीव्र गतिमा यताउता दौडिरहेका छन् । यदि यी कुनै पनि शक्तिको सामाना पृथ्वीले गर्नुपर्यो भने पृथ्वीको विनाश हुनेछ ।’

स्टिफनका अनुसार ६.६ करोड वर्ष पहिले पनि यस्तो दुर्घटना भएको थियो र पृथ्वीमा सबथोक बर्बाद भएको थियो । यस्तै दुर्घटना अब फेरि हुनेछ र भएरै छाड्नेछ । यो विज्ञानको कोरा कल्पना नभइ फिजिक्स नियममा आधारित भएको हकिङले बताएका छन् ।

हकिङले अर्को भविष्यवाणी गर्दै लेखेका छन् कि भविष्यमा मानव जातिले आफ्नै जेनेटिक एडिटिङ गरेर सुपरह्युमन (महामानव)को अर्को प्रजाति बनाउनेछन् ।

यो प्रविधिबाट मानिसले आफ्नो जीनमा एडिटिङ गरेर कुनै खास गुण वा शक्ति पाउन सक्छन् । उनीहरु खास खराबी छोड्न सक्न्ेछन् ।

कुनै पारिवारिक रोग निर्मूल गर्न सक्छन् । यसरी बन्ने प्रजाति यस्तो प्रजाति हुनेछ जसले आफैंले आफैंलाई अझै राम्रो तरिकाले डिजाइन गर्न सक्नेछन् । तर, आफैंलाई अझै राम्रो बनाउने यो होड निकै विनाशकारी हुनेछ ।


(२०७६ असार १९, बिहीबार) १०:२७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro