मैले नलेखे कस्ले लेख्ने ? मोनिका गुरुङ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ६, शुक्रबार) १४:५६

(ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हात भाँचेर गोली हानि हत्या गरिएको फोटो देखेपछी बिक्षिप्त् अबस्थामा लेखिएको )

यस्तो बेला नलेखे कहिले लेख्ने ?
मैले नलेखे कस्ले लेख्ने ?
नरपिचासको नाङ्गो नाच,
मेरो आकाशमाथी छटाएको कालोबादल
रगतको बर्षात
मैले नदेखे कस्ले देख्ने ?
कसैको लासमाथी राजनीति गर्नु नौलो कुरै भएन अचेल
मेरो रगत बेचेर तिमी रुइमा छौ
म भुइँमा
मशानघाटमा टेण्डर हाल्ने
नाङ्गा अघोरीको फोहरी चितामा
मैले हात नसेके कस्ले सेक्ने ?
तिमीहरुको गिदिको क्यान्सर सरेर जिब्रोमा आइसको
रन्डी जिन्दबाद
भनेको सुन्नै सक्दिन म ।
तर लेख्न सक्छु
मैले नलेखे कस्ले लेख्ने ?
देश चरम बिपतको अबस्थामा पुग्दा
पित पत्रकारिता गर्नेले शान्ति खोज्दैन
मात्रै दाम खोज्छ नाम खोज्छ अमन चयन भत्काउने समाचार खोज्छ
दुधलाइ दूध पानीलाइ पानी भन्न
न्यायको धारमा बलेको रापमा
मैले नटेके कस्ले टेक्ने ?
दुबै हात भाँचेर टाउकोमा गोलि ठोक्छ अनि दोहोरो भिडन्त
भन्दिने है !
यी बिछिप्त लास मेरो आफ्नै हो
आफ्नो लागि लेखेको लेख्यै गर्नुछ
आखिर मेरो लागि
मैले नलेखे कस्ले लेख्ने ?

२०७६-३-६-६ दिउँसो २ बजे 

 


(२०७६ असार ६, शुक्रबार) १४:५६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro