संसदमा जुँगाको लडाई, प्रम ओलीले उँधो मुन्टो लाए (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३, मंगलवार) १६:३८

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता एबम पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले पहिला बोल्ने भन्ने बिबाद हुँदा आजको प्रतिनिधि सभा बैठक अवरुद्ध भयो ।  सभामुख कृष्ण बहादुर महराले समय दिएर बोल्नका लागि रोस्टममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको चर्को बिरोधका कारण बोल्न पाएनन् ।  लामो प्रतिक्षा गर्दा पनि बोल्ने मौका नपाएका प्रधानमन्त्री ओलीले आफ्नो टाउको रोस्टममा अड्याउन पुगेका थिए ।

रोस्टममा उभिएका प्रधानमन्त्री ओलीले आफ्नो भनाई राखेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई आफ्नो भनाइ राख्न दिने भन्दै पटक पटक अनुरोध गरेका सभामुख कृष्णबहादुर महराले आजको संसद बैठक स्थगित भएको जानकारी गराएका थिए । संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।

काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमार्फत प्रम ओलीले समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षी दल कांग्रेसले पहिले प्रतिपक्षी दलले बाल्न पाउनुपर्ने भन्दै संसद वैठक अवरोध ग-यो ।

कांग्रेसको अवरोधपछि सभामुख महराले मंगलबारको संसद बैठक स्थगित गरेका छन् ।


(२०७६ असार ३, मंगलवार) १६:३८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग गुहार मागेर सदरमुकाम.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन्.....

Exchange Rate

Nepali Patro