‘वाइडबडी’ खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ३१, शुक्रबार) २०:०४

नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमानमा भएको अनियमितता छानबिन गर्न नागरिकस्तरमा गठित नागरिक आयोगले विमान खरिदमा चार अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो आयोगले विमान खरिदसमेत नगरी भाडामा ल्याइएको र चर्चा भएकोभन्दा धेरै रकम भ्रष्टाचार भएको दाबीसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

विमान निर्माता कम्पनी एअरबस र नेपाल वायुसेवा निगमलाई विमान आपूर्ति गर्ने हाइफ्लाई एक्स कम्पनीबीचको सम्झौता फेला पार्नसके अनियमितताको रकम यकिन हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

विमान खरिद गर्दाको रकम एअरबसको एजेन्ट जर्मनीको नोर्टेज रोज फुल ब्राइट कम्पनीको खातामा पठाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पूर्वकायममुकाय महालेखा परीक्षक सुकदेव भट्टराईको संयोजकत्वमा गठित नागरिक आयोगले संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक गरेको प्रतिवेदनमा पनि सहमति जनाएको छ ।

विमान खरिदमा सार्वजनिक खरिद ऐनले तोकेको प्रक्रिया अवलम्बन नगरेको, विमानको सिटिङ र अन्य सामग्रीको गुणस्तर कमसल रहेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

२४२ टनको विमान खरिद गर्नुपर्नेमा २३० टनको विमान ल्याएर ढाँटेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, विमान आपूर्ति गर्ने हाइफ्लाई एक्स नामक कम्पनीसँग आर्थिक कारोबार गर्दा एलसी नखोली आधिकारिक ग्यारेन्टीविना टीटी माध्यमबाट रकम पठाएको तथा हाइफ्लाई र एअरबस कम्पनीबीचको सम्झौता गोप्य राखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै पूर्वकायममुकाय महालेखा परीक्षक भट्टराईले रकम भुक्तानी गर्दा सरकारले राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकासा गरेको तर राष्ट्र बैंकसँग कागजात माग्दा नदिएको बताए ।

नागरिक आयोगमा सुकदेव भट्टराई, डा. ठाकुरमोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेलगायत रहेका छन् ।

प्रतिवेदनले सार्वजनिक लेखा समितिले दोषी औंल्याएकाहरुलाई कारबाही गर्नुपर्ने माग पनि गरेको छ ।


(२०७६ जेष्ठ ३१, शुक्रबार) २०:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro