पार्टी परित्याग गरेर सत्तारुढ नेकपामा प्रवेश गर्ने ने.क.पा. इलाम जिल्ला इन्चार्जसहित चार जनालाई कारबाही

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ३०, बिहीबार) ०७:४३

नेपाल कम्युनिस्ट पार्टीले इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको मेची–कोशी व्युरो इन्चार्ज शिशाले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पाले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कारवाही गरिएको जनाइएको ।

“नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ ” भन्दै विज्ञप्तिमार्फत ” क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौं कचराहरु पलायन भएको ” बताइएको  छ।

पार्टीको नीति र कार्यक्रमको विरुद्ध गएपछि इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई आजकै मितिबाट पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको सो विज्ञप्तिमा जनाइएको छ । साथै  सोही विज्ञप्तिमामार्फत पार्टीबाट पलायन भएर, कारवाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरुको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा अनुरोध पनि गरिएको छ ।

करीब चार हप्ता अघि गिरफ्तारीमा परेका उनीहरुले  धरौटीमा रिहा भए लगत्तै  बुधवार पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

पार्टी परित्याग गर्नेहरूमा ने.कपा.  इलाम इञ्जार्च ३२ वर्षीय विजय दर्नाल ताप्लेजुङ मौवा खोला गाउँपालिका १ घर भै हाल दमक नगरपालिका २ निवासी हुन् । उनी पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पमी हुन् ।

पार्टी परित्याग गर्नेहरुमध्ये  बुद्धशान्ति गाउँपालिका २ बस्ने ३८ वर्षीय गणेशकुमार विश्वकर्मा पार्टीको एरिया सदस्य र दलित मुक्ति मोर्चाको झापा जिल्ला अध्यक्ष, ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका १ बस्ने २८ वर्षीय फुर्वा शेर्मा र सोही ठाउँका ३० वर्षीय विदुर शेर्पा पार्टीका एरिया पदमा रहेका छन्। पार्टी परित्याग गरेलगतै चारै जनाले बुधवारदेखि नै सत्ता पक्षको नेकपामा प्रवेश गरेका छन्।

प्रहरीले इलाम इञ्जार्च दर्नाललाई जेठ ६ गते बिर्तामोडबाट, एरिया सदस्य विश्वकर्मालाई जेठ १२ गते बुट्टावारिबाट, एरिया पदका शेर्पाद्धयलाई चैत ३० गते ताप्लेजुङबाट पक्राउ गरी जेठ ३ गते झापा ल्याएका थिए।


(२०७६ जेष्ठ ३०, बिहीबार) ०७:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro