पदम राई पार्टीबाट आउट नेकपाका प्रबक्ता प्रकाण्डले निकाले यस्तो बिज्ञप्ति

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ जेष्ठ १९, आईतवार) १८:४९

आइतबार विज्ञप्ति प्रकाशित गरी नेकपाका प्रवक्ता प्रकाण्डले निलम्बित पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेको पदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ ।’

‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायनहुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तर यो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबा ट अलग–अलग बन्दै गएको छ ।’

‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’ बिज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिकाे पूर्णपाठ….

प्रबक्ता बिज्ञप्ति
प्रबक्ता बिज्ञप्ति

(२०७६ जेष्ठ १९, आईतवार) १८:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro