गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला सार्न कारण सहित नेकपा चितवनले निकाल्यो बिज्ञप्ति

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ जेष्ठ १९, आईतवार) १७:०९

भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति नेपाल कम्युनिष्ट पार्टी चितवनले एक बिज्ञप्ति मार्फत रंगशाला अन्यत्र सार्न माग गरेको छ।

शुक्रबार नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले प्रेसविज्ञप्ति जारी गर्दै विश्वविद्यालयको जग्गा अतिक्रमण गर्ने कामका बिरुद्द बिरोध गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चितवनका अन्य स्थानमा निर्माण गर्ने विकल्प हुँदाहुँदै सत्ताशक्ति दुरुपयोग गरेर कृषि र वन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी क्रिकेट रंगशाला बनाउने कुरा विश्वविद्यालय र विद्यार्थीको हितमा समेत छैन ।’ सडकका लागि जमिन माग गर्दा प्रष्ट जवाफ नपाएपछी जेठ १५ गते बिरोधमा उत्रिएका स्थानीयलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै नेकपाले गिरफ्तार गरिएका सबैलाई बिनासर्त रिहा गर्न माग गरेको छ । विश्वविद्यालयको हाताभित्र कृषि र वनसँग सम्बन्धित बाहेक अरु कुनै पनि संरचना नबनाउन र जमिन अतिक्रमण रोक्न पनि नेकपाले अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर गरिरहेमा हाम्रो पार्टी विश्वविद्यालयको जमिन रक्षार्थ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जबाफदेही भरतपुर महानगरपालिका र सम्बन्धित लगानीकर्ता, गैरसरकारी संस्था हुनुपर्नेछ ।’

नेपाल कृषिप्रधान देश हो यहाँ कृषि वनसँग सम्बन्धित अनुसन्धानमूलक विश्वविद्यालय एउटा मात्र रहेको छ । खाद्य सुरक्षाका लागि नयाँ बिउ, नयाँनयाँ रोगका विषादी उत्पादन गर्न हजारौँ प्रकारका अनुसन्धान र विभाग आवश्यक पर्दछ । पशुपंछी सम्बन्धी सयौँ अनुसन्धान अनिवार्य छ । हरेक विभागीय अनुसन्धानका लागि जमिन पूर्वसर्त हो । यही विश्वविद्यायले त्यतिकै विशाल र महत्वपूर्ण वन विज्ञानको भारवहन गर्नुपरेको छ । कृषिको आधुनिकीकरण र विकास नगरी औद्योगिकीकरण सम्भव छैन । त्यसकारण विश्वविद्यालयले राम्रोसँग काम गर्ने हो भने भएकै जमिन अपुग हुन सक्छ । त्यस्तो अवस्थामा कलेजलाई जग्गा थप्नुको सट्टा अतिक्रमण गर्नु दीर्घकालीन, अविवेकीय, गैरजिम्मेवार र प्रचारमुखी हर्कत मात्र हुन जान्छ । रंगशाला निर्माणका लागि भण्डारा, खैरहनी, टिकौली, गुन्जनगरलगायत स्थानमा जग्गा नभएको पनि होइन । त्यसकारण कृषि र वन विश्वविद्यालयको दीर्घकालीन हितविरोधी रंगशाला बनाउने कार्य उक्त स्थानबाट स्थानान्तरण गर्नु मुलुककै हितमा हुन जान्छ ।

चितवन रंगशाला


(२०७६ जेष्ठ १९, आईतवार) १७:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro