सुरक्षा घेरामा भाँच्चिएको खुट्टाको उपचार गरि फर्केका ने.क.पा. सेक्रेटरी भट्टले कसरी हातपात गरे ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ १७, शुक्रबार) १९:१४

प्रहरीले बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई यति निकृष्ट व्यवहार गर्छ र झुट्ठा मुद्दा लगाउँछ भन्ने तथ्य दुई दिन अघि तनहुँमा देखिएको छ ।

कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीको निगरानीमा चितवनको भरतपुरमा भाँच्चिएको खुट्टाको उपचार गरेर  प्रहरीको गाडीमा  गोर्खा जाँदै गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोर्खाका सेक्रेटरी कपिल भट्टलाई प्रहरीमाथि ‘अभद्र ब्यबहार गरेको’ आरोपमा प्रहरीले फेरी गिरफ्तार गरेको छ ।

चितवन जिल्लाको भरतपुर अस्पतालमा उपचारपछि प्रहरीको गाडीमा बसेर गोर्खा जाँदै गरेका ने.क.पा. सेक्रेटरी भट्टलाई प्रहरीले तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा झारेर हिरासतमा राखेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

जिल्ला सेक्रेटरी भट्टकी धर्मपत्नी सुप्रभा भट्टका अनुसार, गएको बैसाख २२ गते गोर्खाको पालुंगतारमा जिल्ला इन्चार्ज योगेन्द्र कुमालासंग छलफल गरिरहेका बखत सादा पोशाक र बर्दीधारी प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तार गर्न लागेपछि प्रहरी घेरा तोड्ने क्रममा उनको बायाँ खुट्टा भाँच्चिएको थियो ।

खुट्टा भाच्चिन्दा पनि एक हप्तासम्म ने.क.पा. नेता कपिल भट्टलाई बिना उपचार हिरासतमा राखिएको थियो  । दिनप्रतिदिन स्वास्थ्य अबस्था बिग्रिदै गएपछि धर्मपत्नी सुप्रभा भट्टको अनुरोधमा उनलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

दुई जना प्रहरीको साथ् लागेर अस्पताल ल्याइएका नेता भट्टको उपचारमा व्यक्तिगत करीब ८० हजार रुपियाँ खर्च भएको छ । “अरु त अरु ड्युटीमा रहेका दुई जना प्रहरीको खाना र मोबाइलको रिचार्जको खर्च पनि तिर्न बाध्य पारियो” आफ्नो श्रीमानको उपचारमा संलग्न सुप्रभा भट्टले आफुले पाएको दुख सम्झंदै अघि भनिन, “तर मलाई फोटो खिच्न र आफन्तलाई समेत फोन गर्न दिएन ।”

उच्च अदालत पोखरामा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दामा अदालतले नेता कपिल भट्टलाई रिहा गर्न आदेश दिएको थियो । “अदालतको आदेश वमोजिम ने.क.पा. गोर्खा सेक्रेटरी रिहा हुनुभएको ” जानकारी दिएका प्रहरीले गएको १४ गते भरतपुर अस्पतालमा वहाँकी धर्मपत्नी सुप्रभा भट्टलाइ एक कागजमा हस्ताक्षर् गराएको थियो । तर “जिल्ला प्रहरी कार्यालय गोरखामा पुगेर एक कागजमा सही गर्न पर्छ” भन्दै प्रहरीको भ्यानमा हालेर भरतपुरबाट गोर्खा ल्याइएक भट्ट दम्पत्तिलाई मुग्लिंगबाट तनहुँबाट गएको चार जना प्रहरीसहितको प्रहरी भ्यानले आँबु खैरेनीतिर ल्याएको थियो ।

हिरासतमुक्त हुने आश बोकेर प्रहरी भ्यानमा आएका भट्ट दम्पत्ति आँबुखैरेनी आएपछि गाडी रोकेर “श्रीमती सुप्रभा भट्टलाई गाडीबाट उत्रन धम्की दिएपछी दुवै झसङ्ग झस्किए । आफुलाई गाडीबाट झार्न धम्की दिएपनि आफ्नो श्रीमानलाई गाडीमा नै राखेपछि प्रहरीले आफुलाई ढाँटेकोमा उनले जमेरै प्रतिवाद गरिन । तर भट्ट दम्पत्तिको केही जोड चलेन ।

घुँडामा दुईवटा स्टीलको रड हालिएका नेता भट्टलाई प्रहरी चौकीभित्र चर्को मानसिक यातना दिइएको श्रीमती भट्टले जानकारी दिइन । कुनै पनि हालतमा खुट्टा टेकन नहुने र खुट्टा तेर्साएर बस्नुपर्ने डाक्टरको सल्लाहलाई समेत बेवास्ता गर्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा एक स्टुलमा करीब एक घन्टासम्म खुट्टो झुन्द्याएर राखिएको दुखेसो उनले गरिन । अन्तमा आँबुखैरेनी प्रहरीले अभद्र ब्यबहार भन्दै पक्राउ पुर्जी दिएकोमा उनले आश्चर्य प्रकट गरिन । चरम मानसिक र शारीरिक यातना दिएको अबस्थामा उल्टै अभद्र ब्यबहार गरेको झुट्टा मुद्दा लगाइएकोमा उनको आक्रोश रहेको छ । उनले अघि भनिन, “कडा सुरक्षा घेरामा रहेका हामीले कहाँ कसलाई अभद्र ब्यबहार गर्यौं ? झुट्ठा मुद्दा लगाइयो ।”

 

घाइते भट्टलाई आँबुखैरेनीबाट दमौलीसम्म पटक पटक गाडी परिवर्तन गरेर करीब डेढ घण्टा लगाएर दमौली पुर्याइएको थियो ।

 

 

 


(२०७६ जेष्ठ १७, शुक्रबार) १९:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro