मलेसियमा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ १४, मंगलवार) १२:४३

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपाली सहित ११ जनाको मृत्यु भएको छ भने १२ जना नेपाली घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ ।

४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना इन्डोनेसियन नागरिकको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

न्यू स्टार टाइम्सका अनुसार, ज्यान गुमाउने नेपालीमा २८ वर्षीय जगरनाथ सिंह दनुवार र ३७ वर्षीय रामु चौधरी रहेका छन् । चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जनाको उपचारका क्रममा सेरदाङ र पुटराज्य अस्पतालमा मृत्यु भएको हो ।

त्यस दुर्घटनामा घाइते भएका ३४ जना  घाइतेमध्ये १२ जना नेपाली छन् ।घाइतेको नेपाली नागरिकहरुमा २८ वर्षीय कृष्णबहादुर पुनमगर, २४ वर्षीय भरत शाही, पदमबहादुर कुँवर, सन्तोष कुमार साह, २५ वर्षीय सुमन काम्छा मगर, ३१ वर्षीय सन्तोषकुमार यादव, २७ वर्षीय लोकेन्द्रबहादुर शाही, २४ वर्षीय केशव थापा, ३२ वर्षीय लोकश ओली, महेशकुमार बुढाथोकी, सुरज यादव, विश्वकर्मा मण्डल रहेका छन्

काम सकेर होस्टेलमा फर्किने क्रममा उक्त बस दुर्घटना भएको न्यू स्टार टाइम्समा उल्लेख गरिएको छ । टा

 


(२०७६ जेष्ठ १४, मंगलवार) १२:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro