ने.क.पा. भोजपुरका जिल्ला सदस्य घिमिरेको गोली हानि हत्या, पार्टी केन्द्रीय सदस्य एबम भेरी ब्युरो इन्चार्ज शीतलसहित चार नेता गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ८, बुधबार) ०९:३३

पार्टीलाई प्रतिबन्ध लगाएर ब्यापक दमनमा उत्रिएको सरकारद्वारा परिचालित प्रहरीले पहिलो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताको गोली हानि हत्या गरेको छ । भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा मंगलवार दिउँसो गोली हानि घाईते बनाएका नेपाल कम्युनिष्ट पार्टी भोजपुर जिल्ला कमिटि सदस्य षडानन्दनगरपालिका २ कुदाककाउलेक निवासी ३२ वर्षीय तिर्थराज घिमिरेको मृत्यु भएको छ भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई मङ्गलबार प्रहरीले बिनाकारण सुर्खेतबाट गिरफ्तार गरेको छ।

 घरमा बसिरहेका बेला खोजिमा गएको प्रहरीले नि:सस्त्र अवस्थामा रहेका घिमिरेलाई गोली हानि घाइते बनाएर नियन्त्रणमा लिएको समाचार श्रोतले जानकारी दिएको छ। खुट्टामा गोली लागेका उनको  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा बुधवार विहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक् पाण्डव राजवंसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय भोजपुर प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि ने.क.पा. कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा घिमिरी घाईते भएको प्रहरीको दाबी छ । ने.क.पा.ले  आफ्ना नेता घिमिरे नि:सस्त्र अबस्थामा रहेको बताएपनि प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको जिकिर गरेको छ ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई मङ्गलबार प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेको छ । सुर्खेतको भेरी उत्तरगङ्गा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजे घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा राखिएको बुझिएको छ ।

त्यसै गरी ने.क.पा. इलामका इन्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’लाई प्रहरीले सोमबार साँझ झापाको बिर्तामोडबाट गिरफ्तार गरेको छ । प्राप्त जानकारीअनुसार दर्नाललाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएका छन् ।

नेकपा मेची ब्युरो संयोजक प्रकाशले पार्टीका ब्युरो सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई तत्काल बिनासर्त रिहा नगरिए त्यसको उचित जबाफ दिने विज्ञप्तिमार्फत जनाएका छन् । दलाल पुँजीवादविरुद्ध सङ्घर्षरत पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्नु सरकारले आफ्नो टाउकामा आफैँले बन्चरो हान्नुबराबर हो भन्दै प्रकाशले विज्ञप्तिमा जनताको हकअधिकारका लागि बलिदान दिनसम्म तयार भएर हिँडेका क्रान्तिकारीहरुले सरकारी कामकारबाहीको डटेर सामना गर्ने जनाइएको छ ।


(२०७६ जेष्ठ ८, बुधबार) ०९:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro