उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ बैशाख २२, आईतवार) २१:४३

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरिएको जानकारी दिएको छ । नेता किम जोङ अनको उपस्थितिमा होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेताले आफूले गरेको बाचा नतोड्ने पनि  ट्रम्पले जनाएका छन् ।

गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो ।

सो शिखर सम्मेलनमा अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउन किमले माग गरेका थिए । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ । (रासस÷एएफपी)


(२०७६ बैशाख २२, आईतवार) २१:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार.....

वार्ताको कोकोहोलो मच्चाएर सम्पर्कसुत्र गिरफ्तार गर्दै सरकार, सम्पर्कसुत्र माइला लामालाई ज्यान मुद्दा लगाउने तयारी

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्पर्क सुत्रमार्फत अनौपचारिक वार्ता गरिरहेको कोकोहोलो मच्चाइरहेको वर्तमान सरकारले तिनै सम्पर्कसुत्रको रुपमा काम गरिरहेका नेपाल.....

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ। .....

Exchange Rate

Nepali Patro