एफएम रेडियो भित्रैबाट घेरा हाली पत्रकार बिक गिरफ्तार, बिरोधमा एफएम बन्दको घोषणा, गिरफ्तारीको सर्वत्र निन्दा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ चैत्र ८, शुक्रबार) ०२:२९

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो ।’आज बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्ता गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

यसैबीच रेडियो नयाँ कर्णालीले आफ्ना पत्रकार कर्ण बिकलाई कार्यालयबाटै प्रहरीले पक्राउ गरेकाे भन्दै विराेधमा रेडियो प्रशारण बन्द गर्ने निर्णय गरेकाे छ । विक बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनपत्रकार संगठन, नेपाल कालिकाेटका संयाेजक पनि हुन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी बिनोद शर्माले पत्रकार कर्ण बिकको गतिबिधि अलि बढेकाले गिरफ्तार गरिएको बताए । पत्रकार बिकको के कस्ता गतिविधीले उनी गिरफ्तार भएका हुन् भन्नेबारेमा डिएसपी शर्माले कुनै जानकारी दिएनन ।

तर जनसंचार डटकमले पत्रकार कर्ण बिक पक्राउ पर्नुको कारण खोतल्ने प्रयास गरेको छ ।पत्रकार कर्ण बिकले केही दिनअघि जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख, डिएसपी बिनोद शर्माले”कालिकोटमा ‘बच्चादेखि बृद्धासम्म विप्लव छन् कसलाई समात्नु, राख्ने जेलै छैन्’ भनेर बोलेको समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

त्यस्तै पत्रकार बिकले नै ”  साम्राज्यबादको अधिनमा बिश्व संञ्चार, प्रतिबादमा जन्मिएको रेडियो गणतन्त्र” शिर्षकमा बिहिबार नै एक लेख लेखि सार्वाजनिक गरेका थिए ।उनले सो लेखमा,”जनयुद्धकालमा जनताद्वारा स्थापित रेडियो जनगनतन्त्रले तात्कालीन अबस्थामा साम्राज्यबादी र सामन्ती अनि दलालहरुले फैलाएको भ्रमपूर्ण प्रचारकोप्र तिवाद गर्ने काम गरेको र फेरी पनि नेपालमा त्यस्तै रेडियोसं चालनको आवस्यकता रहेको उल्लेख गरेकाथिए ।

यसैबीच, एफएम रेदियोभित्रै पसेर प्रहरीले  पत्रकार कर्ण बिकलाई गिरफ्तार गरेकोमा सर्वत्र बिरोध शुरु भएको छ ।

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि यस गिरफ्तारीको चर्को बिरोध गरेको छ । यस गिरफ्तारीलाई नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भनेको छ।’

महासंघका महासचिव रमेश बिष्टले बिहीबार नै एक प्रेस बिज्ञप्ति जारी गर्दै ‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य ” भनेका छन् ।” उनले सोही बिज्ञप्तिमार्फत पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दै  पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग पनि गरेका छन् ।

उता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनपत्रकार संगठन, नेपालले पनि त्यस गिरफ्तारीको चर्को भर्त्सना गर्दै गिरफ्ता रपत्रकार बिकलाई तत्काल रिहाईको माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिस्टले संयुक्तरुपमा बिज्ञप्ति जारी गरी ” विचार र अास्थाकै कारण पत्रकारलाई गिरफ्तार गरी थुनामा राख्ने सरकारी  हर्कतको सबै पक्षबाट घोर निन्दा एवम् भ्रर्तसना गर्न जरुरी रहेको ” बताइएको छ ।

“रेडियो कार्यक्रमको तयारी गरी बसिरहेका पत्रकार विश्वकर्मालाई स्टुडियो बाटै गिरफ्तार गर्नुले सरकार मिडिया र मिडियाकर्मि प्रति कति अनुदार छ भन्ने कुरा प्रष्ट ” भएको कुरा उल्लेख गर्दै सोही विज्ञप्तिमार्फत स्टुडियोबाट विना कारण गिरफ्तार  गरिएका पत्रकार विश्वकर्मालाई  विना सर्त रिहाइको जोडदार माग पनि गरिएको छ ।


(२०७५ चैत्र ८, शुक्रबार) ०२:२९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro