प्रहरी प्रशासन, केही जनप्रतिनिधि, जग्गा ब्यबसायी र वन कार्यालयको मिलेमतोमा लेखनाथमा ३ सयवटा सालको रुख गायव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ चैत्र ६, बुधबार) ०८:४३

केही जनप्रतिनिधि, जग्गा ब्यबसायी, गुण्डा र वन कार्यालयको मिलेमतोमा पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् । लेखनाथ सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राम वहादुर वि.क.र उनको कर्मचारीहरुको प्रत्यक्ष संलग्नता र सेटिङमा झण्डै ३ सय सालका रुख ढलाएर गायव पारिएको हो । अघिल्लो हप्तासम्म हरियो सालधारी देखिने उक्त  डाँडा यो हप्तामा उजाड पारिएको छ ।

सराङकोट  साप्ताहिकले छापेको समाचार अनुसार, वनका कर्मचारी, जग्गा धनी र डाँडा खारेर प्लोटिङ गर्ने योजनामा रहेका व्यक्तिहरुको सेटिङमा शाक्यहरु र हरि वुढाथोकी समेतको सुकेडाँडामा पुर्जा भएको करिव ३२ रोपनी जग्गा र केहि रोपनी पर्ति जग्गा समेतको रुख कटान गरी ओसार पसार गरिएको छ । सालको रुख कटान गर्न कानूनी प्रतिवन्ध भएका कारण कानुन छल्न चोरीको नाटकीय शैलीमा प्रतिवन्धित सालका रुख ढलाएर गायव पारिएका छन् ।

आफ्नो जग्गाको रुख चोरी भएको बताउने जग्गा धनी मध्यका सरोज शाक्यले  प्रहरी कार्यालय, वन कार्यालय, वडा कार्यालय कहि कतै उजुरी दिएका छैनन, तैपनि उनी भन्छन, रुख कसले काट्यो, कसले लग्यो मलाई केही थाहा छैन ।”  उनले आफ्नो वुवाको नाममा ७ रोपनी जग्गामा सालको रुख रहेको वताए । अरु जग्गाधनी सँग भने सम्पर्क हुन सकेन् ।

लेखनाथ खुदी स्थित शाक्यहरु र हरि वुढाथोकी समेतको जग्गा भएको सुकेडाँडा खार्ने र सम्म पारेर घडेरी वनाउने डेढ वर्ष पहिल्यैको योजना कार्यान्बयन गर्ने क्रममा त्यति धेरै सालका रुखहरु कटान गरी गायब पारिएको समाचारमा जनाइएको छ । जग्गा धनी शाक्य परिवार लगायतले जग्गा व्यापारीलाई विक्रीको वैना भइसकेको उक्त जग्गाको सालका रुखहरु नियोजित ढंगले ढलाइयो र गोप्य सेटिङ वमोजिम गाउँवासीहरुलाई काठ दाउरा जति सक्दो छिटो लैजान उर्दी जारी गरियो ।

स्थानिय जनताले सालको रुख ढलाउँदै गर्दा इलाका प्रहरी कार्यालय डांडाको नाक  सिशुवामा खवर गरेपछि सो प्रहरी कार्यालयबाट आएका प्र.स.नि. कृष्ण ढकाल सुकेडाँडा पुग्दा करिव डेढ सय जना रुख काट्दै ढाल्दै घिसार्दे थिए । प्रहरीले रुख काट्ने ओसार्ने सवैलाई वनवाट खेतमा झार्यो ।

वन कार्यालय र वडा नं. ३० का अध्यक्ष समेतलाई घटनास्थल वोलाए। सहायक वन अधिकृत रामवहादुर वि.क. र फरेस्टर नारायण प्रसाद पौडेल घटनास्थल पुगे । वडा अध्यक्ष श्रीराम पोखरेल र प्रसनि कृष्ण ढकालले सहायक वन अधिकृत राम बहादुर विकलाई वन सम्बन्धि ऐन नियम अनुसार जो जे गर्नु पर्ने हो गर्नु भन्दै जिम्मा लगाए । सुरक्षा चाहिए खवर गर्नु भन्दै प्रहरी र वडा अध्यक्ष फर्किए । त्यतिखेर सम्म आधाआधी सालका रुख वाँकी नै थिए।

वनका कर्मचारीको सेटिङ वमोजिम केहि घटना पनि नवित्दै फेरि ठूलो संख्यामा उपस्थित स्थानियले रुखमा आरो र वञ्चरो लगाए । खुदी आसपासका स्थानियले दिन रात लगाएर ओसारपसार गरी रहे । वन प्रशासन रमिते वनेपछि हेर्दा हेर्दै साल डाँडो उजाड मरुभूमि वन्न पुग्यो ।

प्रहरी र जनप्रतिनिधिकै अघि सालको जंगल फंडानी भएको भएपनि उनीहरुलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया थाल्नुपर्नेमा बनका कर्माचारीको जिम्मा लगाउनुलाई स्थानीय जनताले शंका गरेका छन् ।

वन उजाड वनेको छ तर सालका काटिएका फेद आलै छ जिवितै छ । कति क्यू फिट काठ दाउरा निकासी भयो कहीं कतै लेखाजोखा छैन । वन मासे लगत्तै जग्गा खार्ने सिफारिस माग गर्दै एउटा समूह वडा कार्यालय र महानगर धाउन थालेको छ । वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेल जसले आखै अगाडि सालका रुखको अवैध फडानी देखेका थिए उनले कुनै पनि हालतमा सिफारिस दिन नसकिने अडान लिदै आएका छन् ।

यता डाँडा कटान अनुमती दिने निकाय पोखरा महानगरपालिका भित्र दुई खेमामा विभाजित छ। एउटा खेमा शुभलाभको जोड घटाउ गरेर वसेको छ जसले डाँडा कटान अनुमती दिने पक्षमा मेयर र हाकिमसँग साउती गर्दै छ भने अर्को खेमा वन वुटा क्षेत्र मासेर कटान र प्लोटिङ गर्न दिन नहुने अडानमा छ ।

कतिपयले पोखरा एअरपोर्टलाई माटो ल्याउने भन्दै व्यापारी र एअरपोर्टको ठेकेदारको वकालत गर्दै आएका छन् । राष्ट्रिय गौरवको योजनाको ढोल पिटेर गैह्रकानूनी काम गर्ने परिपाटीको विकास गराएर स्वार्थ समूहहरु खेलोमेलोमा लागेको पाइन्छ।

डिभिजन वन कार्यालय कास्कीका डिभिजन प्रमुख धनन्जय लामिछानेले सालको वन मासेको मुद्दा अनुसन्धान गरिने वताएका छन् । डिभिजन प्रमुख धनन्जय लामिछानेले वन मुद्दा टु·ो नलागेसम्म अरु कुनै पनि सिफारिस स्वीकृति नदिने वताए । उनले सव डिभिजन वन कार्यालय लेखनाथका सहायक वन अधिकृत राम बहादुर वि.क.लाई रुखका फेद सवै नापेर अनुसन्धान गर्न निर्देशन दिएका छन् । काठ दाउरा कसले कहाँ कहाँ लगे सवै छानविन गर्न भनेका छन् ।

नेपालको कानूनमा वन सम्वन्धि कानूनलाई कडा कानून मानिन्छ। आफ्नै नम्वरी जग्गामा रहेका उतिस कटुस, चिलाउने, आँपजस्ता कुकाठहरु सरकारलाई १३ प्रतिशत कर तिरेर अमिनबाट फिल्ड नापजाँच गरी कटान अनुमती लिएर रुख काट्न पाइन्छ । तर सालको रुख ढाल्न, ओसार पसार वेचविखन गर्न नपाईने वन सम्बन्धी जानकारहरु वताउँछन् ।

आफ्नै आवादीको रुख आफ्नै घर गोठ वनाउन समेत कानूनले छुट नदिएको वनका कर्मचारी वताउँछन् । सालका रुख निजि आवादीकै कटान ओसार पसार गरिए राष्ट्रिय वन ऐन नियमानुसार कारवाही हुने वन मन्त्रालयका कर्मचारी स्रोत वताउँछ । लेखनाथ ३० मा रहेको खुदीको सालडाँडो सखाप पार्ने आदेश दिने जग्गा धनी र काटेर ओसारपसार गर्नेलाई कस्तो कानूनी कारवाही होला त्यो भने हेर्न वाँकी छ । सालडाँडा सखाप पार्ने योजनामा साना ठूला धेरै माछाहरु वल्छीको गड्योला तान्ने आसाको खेतीको कसिलो सेटिङमा परेको वुझन् धेरै प्रमाण सुरक्षित र घटनाको दृश्य परिदृश्यले त्यसलाई पुष्टि गराउँछन् ।


(२०७५ चैत्र ६, बुधबार) ०८:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro