व्यापक दमन र धरपकडका बीच ने.क.पा.को सङ्गठन सुदृढीकरण र विस्तार अभियान – २ समाप्त

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ चैत्र ५, मंगलवार) ०६:१७

सरकारले नेकपामाथि प्रतिबन्ध र नियन्त्रणमा लिएर दमन गरे पनि पार्टीले देशैभरि सङ्गठन सुदृढीकरण र विस्तार अभियान तोकिएकै समयमा सम्पन्न भएको नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले बताएका छन् ।

देशभर सयभन्दा बढी समूह निर्माण गरी यसले जनताको बीचमा जाने, सङ्गठन निर्माण गर्ने कार्य भव्य रूपले सम्पन्न भएको र प्रायः ब्युरोहरूमा समीक्षासमेत भइसकेको उनले बताए ।

माघ १ गतेदेखि देशभर एकसाथ चलेको अभियान सामाजिक फासिवादी सरकारको हस्तक्षेप, घेराबन्दी, धरपकड, नेता–कार्यकर्ताहरूको गिराफ्तारी, जनताको घरघरमा खानतलासी गर्नेजस्ता षड्यन्त्रका बीच पार्टीले प्रभावकारी ढङ्गले सम्पन्न गरेको उनले बताए ।

सबैजसो पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यको नेतृत्वमा चलेको अभियानमा सयौँ जनसङ्गठन निर्माण, जनवर्गीय सङ्गठनहरूको विस्तार, जनभेला, कोणसभा र सभाहरू गरिनुका साथै जनश्रमसहित जनतासगँको सम्बन्ध थप प्रगाढ भएको नेताहरूले बताए ।

देशीविदेशी शक्तिकेन्द्र र दलालहरूको उक्साहटमा प्रतिबन्ध लगाइएको भन्दै नेताहरूले उक्त प्रतिबन्धले पार्टीलाई थप सुढृढ र शक्तिशाली बनाउने दाबी गरेका छन् । प्रतिबन्धसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेर देशैभर नेकपाका नेता–कार्यकर्ता पक्रिने र हातहतियार, बम विस्फोट, राजद्रोहजस्ता मुद्दा लगाएर लामो समय जेलमा राख्ने नीति लिएको देखिन्छ ।


(२०७५ चैत्र ५, मंगलवार) ०६:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro