आफ्नो कालो अनुहार लुकाउन वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ताद्वारा ने.क.पा.लाई प्रतिबन्ध, सर्वत्र बिरोध

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २९, बुधबार) ०४:५१

दुई-तिहाई बहुमतको कम्युनिष्ट सरकारको अनुभूति दिन नसकेको वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ताले आफ्नी कालो अनुहार लुकाउन देश, जनता र आधारभूत वर्गको पक्षमा लडिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । आफ्ना बिदेशी प्रभु अमेरिकी – इन्डो समुहको इशारामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएर आफ्ना बिरोधी शक्तिहरुलाई तर्साउन खोजेको प्राप्त समाचारमा जनाइएको छ l

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । तर नेपालमा विगतमा भन्दा दलाल संसदीय व्यबस्था झनै बदनाम र नग्न बन्दै गएको छ ।

के विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय दुई-तिहाइ बहुमतको कम्युनिष्ट सरकारका नाममा भएका अर्वौका घोटलाकाण्डहरु -चुडामणि शर्मा र करछली प्रकरण, लोकमानसिंह कार्की को नियुक्ति प्रकरण र कालोमोसो ,बुढी गण्डकी, आयल निगम र गोपाल खडका भ्रष्टाचार काण्ड, गोपाल पराजुली सर्वोच्च अदालत र ऐनसेल प्रकरण, चिनीकाण्ड, देशभर स्थानीय तहमा भएको भ्रष्टाचार , वाईडबडी घोटला काण्ड, निर्मला पन्त बलात्कार र हत्या प्रकरणको चर्को बिरोध गर्दै विभिन्न आक्रामक गतिविधिहरु संचालन गरेको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संचालन गरेको सरकारविरोधी आरामक गतिविधिले वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ता र तिनका मतियारको कालो अनुहार बेनाकाब हुँदै गएको थियो भने नेपाली जनता यस सरकारको बिरोधमा क्रमश: उर्लिन्दै थिए l दुई-तिहाइको कम्युनिष्ट सत्ता विप्लव नेतृत्वको ने.क.पा.का आक्रामक गतिबिधिकाकारण जनताबाट नांगिदै गएको थियो ।

दुई-तिहाइको कम्युनिष्ट सत्ताको यस्ता रास्ट्रघात र जनघाती कर्म अनि लुटका विरुद्ध एकजुट हुन् आव्हान गर्दै विप्लव नेतृत्वको ने.क.पा.ले देशैभर दुई महिना लामो संगठन सुदृढीकरण एबम बिस्तारअभियान – २ सम्पन्न गर्न लागेको छ । विप्लव नेतृत्वको ने.क.पा.को यही जनता जगाउने अभियानाकाकारण नांगिएको वर्तमान सामाजिक फाँसीवादी दलाल सत्ताले आत्तिएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको धेरैको बुझाइ छ ।

देश र जनताको लागि हिजो संगै युद्ध लडेका सहयोद्धालाई अपराधी घोषणा गर्ने तर देश टुक्राउने अभियान चलाएका बिखण्डनकारी सिके राउतलाई जेलबाट निस्केको भोलिपल्ट रातो कार्पेटमा स्वागत गरिनुले नेपालको सत्तामा मात्र हैन अब नेपालको स्वतन्त्र न्यायालयमा समेत बिदेशी हस्तक्षेप रहेको प्रस्ट भएको छ ।

यता मंत्री परिषद बैठकमा नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपछी गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै भनेका थिए कि विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको प्रधानमन्त्रीलाई उधृत गर्दै समाचार श्रोतले उल्लेख गरेको छ ।

कुन व्यक्तिलाई पक्राउ गर्दा ओली र प्रचण्डको हत्या योजनासम्बन्धी सूचना प्राप्त भएको हो भन्ने प्रश्नमा प्रहरी स्रोतले केही खुलाउन चाहेन ।

सरकारी स्रोतले प्रचण्ड र ओलीको हत्या गर्ने षण्डन्त्र भएको दाबी गरे पनि पछिल्लो समयमा विप्लव नेतृत्वको ने.क.पा.का ठूला नेता पक्राउ परेका छैनन् । यसअघि पक्राउ परेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डका साथबाट चन्दा संकलनको सूची फेला परेको थियो । तर, यो निकै पहिलेको घटना हो ।

तर, ललितपुरस्थित ऐनसेलको टावर अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोटनपछि भने प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेलसमेत तीनजना पक्राउ परेका थिए ।

एनसेलपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोटन गराइएको भए पनि सो घटनामा संलग्नहरु पक्राउ परेका छैनन् । यस्तो अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गरेर सरकारविरोधी आवाज के मत्थर होला र ? सन्देह नै छ l झन् यस घटनाले सरकारको पक्षमा रहेका र असन्तुष्टहरु पनि सरकारको बिरुद्धमा लाग्ने देखिएको छ भने बिप्लवले अघि सारेको बिचार जबर्जस्त नेपाली समाजमा स्थापित हुनेछ।


(२०७५ फाल्गुन २९, बुधबार) ०४:५१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उत्पीडित वर्गलाइ झन् उत्पीडनमा पार्न ने.क.पा.माथी प्रतिबन्ध लगाइएको युवा संगठन नेपालका केन्द्रीय सदस्य कुमारको टिप्पणी

सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवा संगठन नेपालका केन्द्रीय सदस्य एबम गण्डक ब्युरो संयोजक कुमारले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत.....

काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु, २९ यात्री घाइते

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आज बिहान ६ बजे धादिङ जिल्लाको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा  खस्दा पांच जना यात्रुको.....

सरकारी थिंक ट्यांकका संयोजक प्रा.डा. चैतन्य मिश्रद्वारा पदबाट राजिनामा

सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझावहरु दिन बनेको नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक) का संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन्। तीन वर्षका लागि नियुक्त.....

Exchange Rate

Nepali Patro