टीकापुर हत्याकाण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ फाल्गुन २२, बुधबार) १५:१९

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा भए ।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो । १२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् ।

अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।

अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।

यो मुद्दामा अभियुक्तहरुलाई कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँकाचोरीको मुद्दा लगाइएको थियो तर, सबैले डाँकाचोरीतर्फ सफाइ पाएको अदालततको फैसलामा उल्लेख छ ।

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान,  ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । ५८ जना प्रतिवादीहरुमध्ये ३१ जना फरार रहेका र २७ जना पुर्पक्षका लागि थुनामा रहेको अदालतको फैसलामा उल्लेख छ । उक्त मुद्धाको फैसलाअनुसार फरार रहेका ३१ जना प्रतिवादीहरुको हकमा मुद्धा मुद्धा मुल्तवीमा रहने ठहर गरेको छ ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । घटनापछि फरार भएका चौधरी कैलाली – १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

 


(२०७५ फाल्गुन २२, बुधबार) १५:१९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा झापाका शिव.....

प्रहरी प्रशासन, केही जनप्रतिनिधि, जग्गा ब्यबसायी र वन कार्यालयको मिलेमतोमा लेखनाथमा ३ सयवटा सालको रुख गायव

केही जनप्रतिनिधि, जग्गा ब्यबसायी, गुण्डा र वन कार्यालयको मिलेमतोमा पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् ।.....

काभ्रेमा ‘अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ ने.क.पा.को उद्घोष

आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष.....

Exchange Rate

Nepali Patro