पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि आजै, तीन छोरीले दिए दागबत्ति

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ फाल्गुन १९, आईतवार) १७:१३

उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। ‘करेन्ट निमोनिया’ कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो ।उनिलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए।नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।

२०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए।१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।

 


(२०७५ फाल्गुन १९, आईतवार) १७:१३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार.....

वार्ताको कोकोहोलो मच्चाएर सम्पर्कसुत्र गिरफ्तार गर्दै सरकार, सम्पर्कसुत्र माइला लामालाई ज्यान मुद्दा लगाउने तयारी

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्पर्क सुत्रमार्फत अनौपचारिक वार्ता गरिरहेको कोकोहोलो मच्चाइरहेको वर्तमान सरकारले तिनै सम्पर्कसुत्रको रुपमा काम गरिरहेका नेपाल.....

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ। .....

Exchange Rate

Nepali Patro