खानलाई पानी छैन कहाँबाट काठमाडाैंमा पानीजहाज आउँछ?-कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ फाल्गुन १८, शनिबार) १७:११

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दावी गरे। ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे।

सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री, सचिव कुरा मिलेको छैन,’ उनले भने। सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको आरोप उनले लगाए।

सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ। सांगाठानिक र बैचारिक रुपबाट प्रष्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।


(२०७५ फाल्गुन १८, शनिबार) १७:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro