ब्रेकिङ :पाकिस्तान भित्र १२ मिराज लडाकु विमान छिरेर भारतले गर्यो १००० किलोको बम आक्रमण

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ फाल्गुन १४, मंगलवार) १४:०१

नयाँ दिल्ली । भारतीय सञ्चारमाध्यमहरुले इण्डियन एयर फोर्सको हवाला दिँदै भारतका लडाकू विमानले आज बिहान ३ः३० बजे बालाकोटको आसपासमा रहेको जैश ए मोहम्मदको क्याम्पमा हमला गरेको जनाएका छन् । सेनाको आक्रमणबाट उक्त समूहको क्याम्प ध्वस्त भएको समेत सञ्चार माध्यममा जनाइएको छ । तर, भारत सरकारले औपचारिक रुपमा भने केही पनि बताएको छैन ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले ट्विट गर्दै ‘म भारतीय वायु सेनाका पाइलटहरुलाई सलाम गर्छु’ भनेका छन् । पाकिस्तानको सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्विट गर्दै मुजफफरावाद सेक्टरमा भारतीय सेनाले घुसपैठको प्रयास गरेको र लगत्तै पाकिस्तानको सेनाले कारवाही गरेको बताएका छन् ।

उनले त्यसपछि भारतीय विमान त्यहाँबाट भागेको र भाग्ने बेलामा हडबडाएर केही बम बालाकोट क्षेत्रमा फालिएको र त्यसबाट कुनै नोक्सान तथा हताहती नभएको पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन्।

१४ फेब्रुवरीका दिन भारतको पुलवामा क्षेत्रमा भारतीय सुरक्षाकर्मी मारिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेनालाई आफ्नो निर्णय लिन खुला गरिएको बताएका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनावको अवस्था रहेको छ ।

समाचार संस्था रोयटर्सले भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दैजनाएको छ ।

विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवीय क्षति भने नभएको पाकिस्तानी सेनाले जानकारी दिएको समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, ‘भारतीय सेनाको विमान मुजफराबाद क्षेत्रबाट प्रवेश गर्‍यो ।’

कश्मीरमा प्रवेश गरेको भारतीय सेनाको विमानको प्रतिकारमा पाकिस्तानी हवाई सेना तम्तयार रहेको देखेपछि पेलोड खसालेर भारतीय विमान फर्किएको मेजर जनरल गफूरले उल्लेख गरेका छन् ।

भारतीय सेनाको विमानले खसालेको पेलोड बालाकोट क्षेत्रमा खसेको उनले बताए । यसबाट कुनै क्षति भने नभएको पाकिस्तानी सेनाका प्रवक्ताले उल्लेख गरेका छन् ।

भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर नियम उल्लंघन गरेको पाकिस्तानी सेनाले जनाएको छ ।

यदपी भारतीय संञ्चार माध्यमले भने जेएस मोहोम्बदको ट्रेनिङ क्याम्पलाई लक्षित गरि गरिएको भारतीय बायु सेनाको यो मिसनमा लगभग २०० देखी ३०० आतङकारी मारिएको भन्दै समाचार देखाईेको छ।


(२०७५ फाल्गुन १४, मंगलवार) १४:०१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro