पार्टीको नाममा रकम असुली गर्ने कोइरालालाई आत्मसमर्पण गर्न ने.क.पा.को चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ २५, शुक्रबार) १९:४१

नेपाल कम्युनिस्ट पार्टी भद्रपुर नगरसमितिले पार्टीको नाममा रकम असुली गर्ने सुवास कोइराला (टीका कार्की) लाई ७ दिनभित्र पार्टीमा आत्मसमर्पण गर्न सार्वजनिक चेतावनी दिएको छ । पार्टीका भद्रपुर सेक्रेटरी प्रवीन मिश्रद्वारा जारी विज्ञप्तिमा आफूलाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बताउँदै भद्रपुर विद्युत् प्राधिकरणलगायत विभिन्न स्थानबाट लाखौँ रकम असुली गरेको पाइएकाले सार्वजनिक विज्ञप्ति जारी गर्नुपरेको बताइएको छ ।

भद्रपुर नगरपालिका घर भै काठमाडौँ स्थायी बसोबास गर्ने ४० वर्षजति उमेरको मोबाइल नम्बर ९८६६१९३२२६, ९८६९४२१५७३, ९८४०६४७७५८ र मोटरसाइकल नम्बर को ५ प ६९७१ प्रयोग गर्ने सुवास कोइरालालाई ७ दिनभित्र पार्टीसमक्ष आत्मसमर्पण गर्दै सम्बन्धित संस्था र व्यक्तिहरूलाई असुलेको रकम फिर्ता गर्न र सार्वजानिक माफी माग्न चेतावनी दिइएको छ ।

विज्ञप्तिमा ७ दिनभित्र सम्पर्कमा नआए निजले प्रयोग गरेको मोटरसाइकल र निजी सम्पत्ति जफत गरी सम्बन्धित संस्था र व्यक्तिहरूको रकम फिर्ता गरिने र आमजनसमुदायलाई निज व्यक्ति र मोटरसाइकल भेटेदेखेमा पक्राउ गरी पार्टीलाइ बुझाउन सहयोग गर्न अपिलसमेत गरिएको छ । साभार ईरातोखबर


(२०७५ माघ २५, शुक्रबार) १९:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भ्रष्टाचारी ठहर भएपछि चीनका पूर्वप्रधान सेनापति फेङघुईलाई आजीवन काराबासको सजाय

भ्रष्टाचार गरेको ठहर भए पछी चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले.....

त्रिविका सहायक डिन साहलाई विद्यार्थीले कालोमोसो दले

त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् । साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न.....

अर्मलामा जमिन भासिएपछि नियन्त्रणका नाममा कमाई खाने भाँडो, उपभोक्ता समितिले १० लाख खाएको खुलासा

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १६ साविक अर्मला गाविसको ठुलीबेशीमा ०७० साल मंसिर ४ गतेबदेखि जमिन भासिएर आतंक मच्चिएपछि नियन्त्रण गर्ने नाममा आएको रकम कमाइ खाने भाँडो भएको.....

Exchange Rate

Nepali Patro