सरकारका प्रवक्ता बास्कोटालाई अटेर गर्दै पौडेलद्वारा चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ २३, बुधबार) ०१:५१

नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटालाई अटेर गरेको आरोप लागेकी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्षा  निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको समाचार स्रोतले जानकारी दिएको छ ।

यस अघि आइतबार बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठकमा खबर गरेर पनि अटेर गरी अनुपस्थित भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटाले पौडेलसँग कडा स्पस्टिकरण सोध्न निर्देशन दिएका थिए ।

उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो । तर निकितालाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटा रुस्ट भएका थिए ।

त्यसपछि मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएका थिए ।

पौडेलले आफ्नो पालामा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरूवात गर्ने गौरव प्राप्त भएको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन् । ‘नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन्’, उनले भनेकी छन्, ‘यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय-सीमा भित्रै सफलतापुर्वक गरिएको रिपोर्टसहितको प्रगति विवरण मन्त्रीज्यूसमक्ष बुझाइसकेकी छु।’

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षा पदबाट राजीनामा दिएकी निकिता पौडेलले चर्चित सञ्चारकर्मी रवि लामिछाने संग माघको पहिलो साता काठमाडौं जिल्ला अदालतमा अदालती विवाह गरेका थिइन्।

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

प्रेस वक्तब्य

भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु।खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।

योसगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन्। यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय-सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ।

सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु। बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्।

यो छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु। मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु।

साथै नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको सम्योजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु। यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराकोपनि जानकारी गराउदछु। चलचित्र बिकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि,मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु। यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन। मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।


(२०७५ माघ २३, बुधबार) ०१:५१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro