पोखरा महानगरको भ्यान आगजनी गरेको आरोपमा नेविसंघका पांच जना नेता पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ १९, शनिबार) १९:०९

पोखरा महानगरपालिकाको गाडी आगजनीमा संलग्न रहेको आरोपमा पांच विद्यार्थी नेतालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइड स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

नेविसंघ पोखरा विश्व विद्यालय पूर्व सभापति राजेन्द्र बराल, वर्तमान सभापति डिफान भुजेल र ला–ग्राण्डि कलेजका सभापति विनय पौडेल, नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

लेकसाइडमा रहेको होटल रिदमको कोठा नं. १०२ बाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बा ५६ प ३४८६ नं.को मोटरसाइकल, ग १४ प १७२९ र ग ८ प १६८९ नं को स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथी अनुसन्धान चलिरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस अघि शनिबार विहान पोखरा महानगरपालिका वडा नम्बर ७  मासबारमा पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानलाई जलाएको घटनाको जिम्मा नेविसंघले लिएको थियो  । नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले विज्ञप्ती जारी गरि घटनाको जिम्मा लिएको वताएका थिए । विदाको दिन सरकारी गाडी चलाउन नदिने केन्द्रिय कार्यक्रम भएकोमा शनिबारको दिन पनि सरकारी गाडी गुडिरहेको देखेपछि नेविसंघले गाडी जलाएको नेविसंघले जनाएको थियो  ।


(२०७५ माघ १९, शनिबार) १९:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भ्रष्टाचारी ठहर भएपछि चीनका पूर्वप्रधान सेनापति फेङघुईलाई आजीवन काराबासको सजाय

भ्रष्टाचार गरेको ठहर भए पछी चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले.....

त्रिविका सहायक डिन साहलाई विद्यार्थीले कालोमोसो दले

त्रिवि शिक्षाशास्त्रका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठन निकट विद्याथीहरुले कालोमोसो दलेका छन् । साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्जस्ति यौन दुराचार गर्न.....

अर्मलामा जमिन भासिएपछि नियन्त्रणका नाममा कमाई खाने भाँडो, उपभोक्ता समितिले १० लाख खाएको खुलासा

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १६ साविक अर्मला गाविसको ठुलीबेशीमा ०७० साल मंसिर ४ गतेबदेखि जमिन भासिएर आतंक मच्चिएपछि नियन्त्रण गर्ने नाममा आएको रकम कमाइ खाने भाँडो भएको.....

Exchange Rate

Nepali Patro