सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ८, मंगलवार) ०९:१९

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका आआफ्ना गुट र शक्ति स्वार्थ अहिले नेकपामा प्रस्टै देखिएका छन् ।

त्यही कारण पनि उनीहरू पार्टीका बन्ने कमिटीमा आफ्ना समूहका नेताकार्यकर्तालाई बढीभन्दा बढी समेट्न चाहेका छन् । अझ नेतृत्वमै आफ्ना समूहलाई स्थापित गराउन सके आगामी दिनमा आफूअनुकूल काम गराउन सकिनेमा नेताहरूमा स्वार्थ हाबी हुँदा एकता प्रक्रियाले गति लिन नसकेको नेकपाकै नेताहरू बताउँछन् ।

अध्यक्ष ओली प्रदेश कमिटीसम्म सचिवालयले गरेको निर्णय हुबहु कार्यान्वयनमा लैजान चाहन्छन् । दोहोरो कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई समेत लत्याएर प्रदेश ५ र गण्डकी प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीसमेत रहेका नेताहरूलाई नै पार्टी प्रदेश कमिटीको इन्चार्ज बनाएका छन् । त्यसमा ओली पक्ष डगमगाउने देखिन्न ।

नेपाल पक्षले भने दोहोरो कार्यकारी जिम्मेवारीमा फरक मत राखेको छ । नेपालले नै त्यसको नेतृत्व गरेका छन् । नेपाल पक्षले प्रदेश कमिटी सदस्यहरूमा पनि केही असहमति राखिरहेको छ । त्यसमा पुनर्विचार गर्नुपर्ने नेपाल पक्षका नेताहरूको मत छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा झन्डै एक दर्जन, ३ मा ७ जना, प्रदेश ५ मा कोमल वलीसहित ७ जना र कर्णाली प्रदेशमा मेनुका पछाईलगायतलाई ओली पक्षले विधानविपरीत प्रदेश कमिटी सदस्य चयन गरेको आरोप नेपाल पक्षको छ ।

नेकपा विधानमा प्रदेश कमिटी सदस्य बन्न पार्टी सदस्य भएको आठ वर्ष हुनुपर्ने व्यवस्था छ । उक्त प्रावधानविपरीत कतिपयलाई प्रदेश सदस्य बनाइएको नेपाल पक्षको भनाइ छ । नेपाल पक्षले अन्य पार्टीबाट प्रवेश गरेकाहरूको योग्यता नपुग्ने र उनीहरूका हकमा मनोनीतको विशेष व्यवस्थाबाट मात्र नियुक्ति गर्न सकिने मत राख्दै आएको छ । ‘विधानको व्यवस्थाअनुसार योग्यता नपुगेका साथीहरूको हकमा पुनर्विचार गर्नुपर्छ’, नेपाल पक्षीय एक नेताले भने । ओली पक्ष भने विशिष्ट परिस्थितिमा प्रदेश कमिटी चयन भएको र कमिटीको बैठकसमेत बसिसकेकाले अब नाममा पुनर्विचार गर्न नसकिने पक्षमा छ ।

यही विषयमा विवाद बढेपछि संयोजक थापा र महासचिव पौडेलले दुई अध्यक्षसँग परामर्श गर्ने बताएर बैठक स्थगित गरेका थिए । तर अध्यक्ष ओलीले टुंगिइसकेको नाममा विवाद नगर्न निर्देशन गरेको स्रोत बताउँछ । अहिले नेपाल पक्षले योग्यता पुगेका तर कमिटीमा नसमेटिएका भनिएका नेताहरूलाई समेट्न विधान संशोधन गरी कमिटीको आकार बढाउने गरी कार्यदल अगाडि बढेको छ । यसमा ओली र दाहाल पक्ष पनि सहमत छन् ।

दाहाल पक्षको पनि यसभित्र स्वार्थ छ । दाहाल पक्षले एकताका क्रममा तत्कालीन आफ्ना ‘जम्बो पोलिटब्युरो सदस्य’लाई प्रदेश कमिटीसम्म समावेश गर्ने नीति लिएको थियो । तर त्यसो गर्दा पनि कतिपय नेता छुटेका छन् । अहिले १० प्रतिशतसम्म सदस्य थप गर्न सकिए आफ्ना तर्फबाट पनि केही नेताहरूलाई समेट्न सकिने आसमा दाहाल पक्ष छ ।

सबैभन्दा बढी टकराव जिल्ला नेतृत्वमा

विगतमा तत्कालीन दुवै पार्टीका दुईदुई जना रहेको प्रदेश कार्यदलले जिल्ला नेतृत्वका विषयमा केन्द्रीय कार्यालयमा प्रस्ताव सिफारिस गरेको थियो । कतिपयमा कार्यदल तहमै जिल्ला नेतृत्वको भागबन्डा लगाएका थिए भने कतिपयमा दुवै पक्षले आआफ्ना तर्फबाट नेतृत्व गर्ने नेताहरूको नाम सिफारिस गरेका थिए । अहिले कार्यदलले त्यही विगत कार्यदलको सिफारिसलाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने ओली पक्षको मत आएपछि नेपाल पक्ष झस्किएको छ । नेपाल पक्षले एकता भनेको दुई पार्टीका सम्बन्धित कमिटीबीचको भएकाले कार्यदलको सिफारिसमा कतिपय ‘पूर्वाग्रही’ पनि भएको भन्दै नमान्ने अडान लिइरहेको छ ।

कार्यदल निष्क्रिय बनाउने खेल

निश्चित समायावधिमा काम गर्न नसकेको र विवाद मिलाउन नसकेको भन्दै गृहमंत्री बादल नेतृत्वको कार्यदललाई निष्किय बनाउने खेल भएको आशंकासमेत नेताहरूले गर्न थालेका छन् । शीर्ष नेताहरूकै शक्तिसंघर्ष टकराउँदा कार्यदलले एकता प्रक्रिया कसरी टुंगो लगाउने भन्ने मापदण्डसमेत बनाउन सकेको छैन । कार्यदलमा विवाद देखाएर एकताको छिनोफानो गर्ने जिम्मा पुनः दुई अध्यक्ष वा सचिवालयमा ल्याउने खेलका रूपमा लिइएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले कार्यदललाई प्रधानमन्त्रीबाट सहयोग नभएको बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कार्यदललाई दिएको समयावधिभित्रै काम फत्ते गर्न सघाउनुपथ्र्यो । तर त्यस्तो देखिएको छैन । प्रधानमन्त्रीले कार्यदललाई सघाउनुपर्छ । अन्यथा दुर्भाग्य निम्ताउँछ’, उनले भने । समाचार स्रोत अन्नपुर्ण पोस्ट दैनिक


(२०७५ माघ ८, मंगलवार) ०९:१९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानूनी थुनामा रहेका नाबालककाे रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु.....

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता,.....

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । उनीलाइ साधारण तारेखमा रिहा गर्न काठमाडौं.....

Exchange Rate

Nepali Patro