प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ८, मंगलवार) ०७:३३

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान विभागले तामा भनेर प्रमाणित गरेको छ ।

प्रहरीले उक्त परिमाणको सुनसहित बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङ पक्राउ गरेको भनेर सार्वजनिक पनि गरेको थियो  । उनीहरु अहिले प्रहरी हिरासतमा छन्  ।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो । राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

परीक्षणका क्रममा सुन भनिएको धातुको बिस्कुटको तौल पनि असमान भेटिएको छ । ‘हामीले तौल जोख्दा क्रमशः ९९२, ७७२, ६६५ र ६६८ ग्राम पाइयो,’ सुनचाँदी, रत्न तथा आभूषण महासंघका कार्यकारी सदस्य एबम परीक्षणमा संलग्न मीनबहादुर तामाङले भने, ‘सामान्यतया सुनको बिस्कुट हजार ग्राम तौलको हुन्छ ।’

अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन । बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक्  नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन् । बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन् ।

विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने ।

बरामद धातु सुन नभएको खुलेपछि उनीहरूलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामकुमार महतोले बताए ।

 

 


(२०७५ माघ ८, मंगलवार) ०७:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro