नेपाल राष्ट्रिय निर्माण व्यबसायी संगठनको कार्यालयमा छापा, कर्मचारी गिरफ्तार, केन्द्रीय संयोजक खड्का बेपत्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ५, शनिबार) ०९:४६

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल रास्ट्रिय निर्माण व्यबसायी संगठनको ललितपुरस्थित लगनखेलमा रहेको केन्द्रीय कार्यालयमा प्रहरीले छापा मारी त्यस कार्यालयमा कार्यरत कर्मचारी लक्ष्मी केसीलाई गिरफ्तार गरेको समाचार सार्वजनिक भएको छ ।

ने.क.पा. का पोलिटब्युरो सदस्य  ‘जीवन्त”ले आफ्नो फेसबुक स्टाटसमार्फत यस्तो समाचार सार्वजनिक गरेका हुन् । नेता जीवन्तको स्टाटसमा जनाइए अनुसार, पचासौंको संख्यामा रहेका प्रहरीले गएको २ गते बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यालय घेरा हाली कार्यालयकी कर्मचारी लक्ष्मी केसीलाई  गिरफ्तार गरिएको छ भने सोही दिनदेखि नेपाल रास्ट्रिय निर्माण व्यबसायी संगठनका केन्द्रीय संयोजक नबराज खड्का बेपत्ता छन् । प्रहरीले सोही क्रममा नेपाल रास्ट्रिय  निर्माण ब्यबसायी संघको कार्यालयमा रहेका  ल्यापटप विभिन्न डकुमेन्टहरु तथा नेटसंग  सम्बन्धित सामग्रीहरु  लागेको पनि उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।

हाल महाराजगंज्स्थित प्रहरी कार्यालयमा राखिएकी केसीलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा लगाईएको प्राप्त समाचारमा जनाइएको छ । तर प्रहरीले यस बारेमा आधिकारिक रुपमा कुनै समाचार सार्वजनिक गरेको छैन ।

पार्टीको जनवर्गीय संगठन ब्युरो इन्चार्ज समेत रहेका नेता जीवन्तले आफ्नो स्टाटसमा रास्ट्रीय निर्माण ब्यबसायी संगठनको कार्यालय नै तहस नहस हुने गरी गरिएको गिरफ्तारीलाई “जंगली ब्यबहार”को सँज्ञा दिंदै गिरफ्तार लक्ष्मी केसीलाई तुरुन्त रिहा गर्न र रास्ट्रीय निर्माण ब्यबसायी संगठनका केन्द्रीय संयोजक नबराज खड्काको अबस्था तत्काल सार्वजनिक गर्न  माग गरेका छन् । खड्का निर्माण ब्यबसायीहरुको छाता संगठन नेपाल निर्माण ब्यबसायी महासंघ ललितपुरका अध्यक्ष समेत हुन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, प्रहरीले त्यस कार्यालयमा छापा मार्ने क्रममा केही बिष्फोटक पदार्थ र विद्युतीय सामाग्री समेत बरामद गरेको बताइएको छ । प्रहरीले


(२०७५ माघ ५, शनिबार) ०९:४६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानूनी थुनामा रहेका नाबालककाे रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु.....

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता,.....

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । उनीलाइ साधारण तारेखमा रिहा गर्न काठमाडौं.....

Exchange Rate

Nepali Patro