वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ५, शनिबार) ०५:२६

सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो।

वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि कारोबारीले जग्गा खरिद गरेका हुन्। बस्ती बिक्री भएपछि बसोबास गर्दै आएका बासिन्दा वडा कार्यलय, नगरपालिका, मालपोत लगायतका ठाउँम दौडधुप गर्दै आएका छन्। जग्गा बिक्री भएपछि आफूहरुलाई थप पीडा भएको बस्तीका रामेश्वर महराले बताए।

पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँ बिक्री भएपछि दलित बस्तीका बासिन्दाको विजोग भएको छ। ‘बाजेको पालादेखि बसोबास गर्दै आएको जग्गा जनप्रतिनिधिको गलत सिफारिसबाट किनबेच भएछ’ रामले भने ‘जनप्रतिनिधि गरिबलाई जोगाउने भन्दा पनि भगाउनै आएका रहेछन्।’

बस्तीका रामेश्वर महराका अनुसार करिब ५० वर्षअघि सिरहा नगरपालिका ७ घर भएका मन्सुर मियाँकी आमा रासो धुनियाइन मियाँसँग सिरहा फूलबरिया वार्ड नं. १ (ङ्) कित्ता नं. १८ को सात कठ्ठा १० धुर जग्गा किनेर बस्ती बसेको हो। ‘जग्गाको रकम तिरेपछि रजिष्ट्रेशन भएन, आज भोलि गर्दागर्दै आमा रासो र छोराको मृत्यु भएपछि जग्गा कारोबारीले कीर्ते गरेर बस्तीको जग्गा आफ्नो नाममा ल्याएको थाहा पायौं’ महराले सुनाए ‘बस्तीका दलितहरु मालपोत, नापी लगायतका कार्यालय धाएर प्रमाणहरु जुटाउन थालेपछि वडाध्यक्ष पोखरेल र वडासचिव बिन्देश्वर साहलाई समेत प्रभावमा पारेर गलत सिफारिसको आधारमा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएछ।’

सिरहाको साविक लगडीगोठ ८ का रामबहादुर यादवका छोरा भरत यादवले दलित बस्ती रहेको सात कठ्ठा १० धुर जग्गा १० असोज २०७० मा मियाँको नामबाट आफ्नो नाममा रजिष्ट्रेशन गराएको जग्गाधनी श्रेस्तामा देखिन्छ। मालपोतको जग्गा रजिष्ट्रेशन रजिष्टर अनुसार १ असोज २०७० देखि एकै पटक १८ असोज २०७० मा जग्गा रजिष्ट्रेशन भएको अभिलेख छ। तर, यादवको जग्गाधनी श्रेस्तामा रजिष्ट्रेशन भएको मिति भने १० असोज २०७० उल्लेख रहेको पाइएकाले कीर्ते गरेको देखिन्छ।

बस्ती बिक्री भएको थाहा पाए लगत्तै पछिल्लो वैशाखदेखि नै दलितहरु दौडधुप गर्न थालेपछि वडाध्यक्ष पोखरेलले आफैं दैनिक हिँडिरहेको बाटो समेत नरहेको र बस्तीमा घर नरहेको भन्दै सिफारिस दिएपछि यादवले उक्त जग्गा फुपुको छोराको नाममा रजिष्ट्रेशन गरिदिएको पाइएको छ।

भरतले १० असार २०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका–८ चोहर्वाका रामपरीक्षण यादवलाई दलित बस्ती रहेको जग्गा समेत रजिष्ट्रेशन गरिदिएको पाइएको छ।

वडा अध्यक्ष पोखरेलले आफूहरुलाई झुक्याएर व्यवसायीले सिफासिर लिएको बताए। जग्गा व्यवसायीले अन्तैको जग्गा देखाएर सिफारिस लिएको उनले भने।

वडाध्यक्ष पोखरेलले आफू दलित बस्तीकै पक्षमा रहेको दाबी गर्दै सिफारिस गरेको जमिनमा बस्ती रहेको जानकारी नभएको बताएका छन्। ‘मलाई झुक्याएर सिफारिस लिए’ उनले भने ‘भूलवश सिफारिस दिए पनि जग्गा फर्काउन वडा कार्यालयबाट हुने सबै सहयोग गर्छु।’

स्थानीय बासिन्दाले वडाध्यक्ष जग्गा कारोबारीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन्। बस्ती विद्युत, पानी र बाटो भए पनि वडा कार्यालयले केही नभएको भनेर सिफारिस दिएको छ। नागरिक दैनिकमा समाचार च l


(२०७५ माघ ५, शनिबार) ०५:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानूनी थुनामा रहेका नाबालककाे रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु.....

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता,.....

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । उनीलाइ साधारण तारेखमा रिहा गर्न काठमाडौं.....

Exchange Rate

Nepali Patro