उपरास्ट्रपतिद्वारा मापदण्डविपरीत बनेको होटल उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ माघ ३, बिहीबार) ०८:१७

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन गुरुङले १० तलाको बनाएका छन् ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् । घरधनी एवं होटेल सञ्चालक मीन गुरुङका अनुसार भूकम्प गएको दिन १२ वैशाख ०७२ मा घर निर्माणको जग हालिएको हो ।

महानगरले साढे तीन तलाको नक्सा पास गरेको र सोहीअनुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएको उनले जानकारी दिए । साढे तीन तलाको सम्पन्न प्रमाणपत्र लिएपछि अरू तला थप्दै रुफटपसहित १० तलाको भवन बनाएको उनले बताए । ‘मेरो मात्र होइन, पोखराको लेकसाइडमा यसरी धेरै घर बनेका छन्,’ उनले भने । होटेल सञ्चालक गुरुङका अनुसार १८ करोडमा निर्माण गरिएको १० तले सुविधासम्पन्न होटेलमा ३२ कोठा, एक अपार्टमेन्ट र तीन सेमिनार हल छन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राष्ट्रका विशिष्ट व्यक्तिको यस्ता कदमले नीति–नियम मिच्चेलाई सहयोग पुग्ने बताए । राज्यबाट स्वीकृति नलिई बनेका अवैध संरचना उद्घाटन गर्न देशका विशिष्ट व्यक्ति सहभागी हुनु राम्रो नभएको उनको भनाइ छ । नियम मिच्नेलाई सहयोग एवं प्रश्रय दिएजस्तो भएको उनले बताए । यस्ता कार्यक्रममा सहभागी हुनुअघि भिआइपीले आफू सहभागी हुने कार्यक्रमबारे ख्याल गर्नुपर्ने उनको सुझाब थियो । महानगरले हाल बढीमा साढे तीन तला भवन निर्माणको मात्र नक्सा पास गर्ने गरेको उनले बताए । आजको नया पत्रिकामा खबर छ l

 


(२०७५ माघ ३, बिहीबार) ०८:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

इलाका प्रहरी कार्यालय बिर्तामोडमा गैरकानूनी थुनामा रहेका नाबालककाे रहस्यमय मृत्यु

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका नाबालक मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीकोको रहस्मृयमय मृत्यु भएको छ । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु.....

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता,.....

पक्राउ परेका पत्रकार गिरी साधारण तारेखमा रिहा

समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन् । उनीलाइ साधारण तारेखमा रिहा गर्न काठमाडौं.....

Exchange Rate

Nepali Patro