किशोरीलाई जबर्जस्ती गर्न खोज्ने सैनिक जवान समातेर बुझाउँदा उल्टै तीन स्थानीय पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २९, आईतवार) ११:२१

राति शाैच गर्न निस्केकी किशोरीलाई जबर्जस्ती गर्न खोज्ने एक सैनिक जवानलाई रंगे  हात समातेर प्रहरीमा बुझाउन लगेका तीन जना स्थानीय बासिन्दालाई प्रहरीले हिरासतमा लिएपछि सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ ।

राति ९ बजेतिर श्रीगोरख गण चोहर्वाका तीनजना सैनिक जवानले किशोरीको बलात्कार प्रयास गरेको स्थानीयको आरोप छ । राति शाैच गर्न निस्केकी किशोरीलाई सैनिक जवानले जबरजस्ती गर्न खोज्दा ती किशोरी जोडले कराएकी थिइन् । किशोरीको आवाज सुनेर स्थानीय जम्मा भएपछि ती सैनिक जवान भागेका थिए। भाग्ने क्रममा एकजना सैनिक जवान दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएका स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएका छन्।

सैनिक जवानसहित प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीय दिपेश यादव, मुकेश यादव र चन्दन पासमानलाई नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएका हुन्।

बलात्कार गर्न खोज्नेलाई बुझाउन जाँदा प्रहरीले उल्टै स्थानीयलाई समातेपछि उनीहरु आक्रोशित बनेका हुन्।

शनिबार बिहान ९ बजेदेखि दोषीलाई कारबाहीको माग र नियन्त्रणमा लिएकालाई रिहाइको माग गर्दै स्थानीयहरु आन्दोलित भएका हुन्। उनीहरुले पूर्व–पश्चिम लोकमार्गमा चक्का जाम गरी प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन्।

शनिबार दिउँसो ४ बजे स्थानीय र प्रशासनबीच दोषीलाई कारवाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएका थिए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार पीडितले अहिलेसम्म उजुरी दर्ता गराएका छैनन्।

उजुरी दर्ताभएपछि कारवाही प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। स्थानीयको कुटपिटबाट घाइते भएका शाहीलाई सैनिकले क्याम्पमा लगिसकेको छ। शाहीको उपचार भइरहेको स्रोतको दाबी छ।


(२०७५ पुष २९, आईतवार) ११:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता-कार्यकर्ता गिरफ्तारी जारी, पोलिटब्युरो सदस्य जिवान्तलाई सात दिन म्याद थप

सरकारले प्रतिबन्ध लगाए यता बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता तीब्ररुपमा गिरफ्तार हुन थालेका छन् भने केही हिरासतमुक्त पनि भएका छन् । गिरफ्तारीकै क्रममा पोखराबाट एकजना मजदुर.....

एफएम रेडियो भित्रैबाट घेरा हाली पत्रकार बिक गिरफ्तार, बिरोधमा एफएम बन्दको घोषणा, गिरफ्तारीको सर्वत्र निन्दा

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित.....

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा.....

Exchange Rate

Nepali Patro