नियमित एक बिद्यार्थी, कार्यालय सहयोगीको अध्यापन, एक मात्र शिक्षक कहिलेकाहीं हाजिर

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २२, आईतवार) ०८:२१

ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी कक्षा २ मा पढ्ने खुसी राई एक मात्र नियमित बिद्यार्थी हुन् र  बाबुराम राई एकजना मात्र शिक्षक हुन्, उनी प्रधानाध्यापक पनि हुन् ।

एक शिक्षकका लागि खुसी एक्ली विद्यार्थी हुन्। तर उनलाई सरले कहिलेकाहीं मात्र पढाउँछन्। खुसीकी आमा सुशीला त्यही विद्यालयमा कार्यालय सहयोगी छिन्। उनी आमासँगै नियमित विद्यालय आउँछिन्। सुशीलाले नै छोरीलाई अंग्रेजीबाहेक सबै विषय पढाउँछिन्।

प्रधानाध्यापक बाबुराम नियमित विद्यालय आउँदैनन्। उनकै लापरबाहीका कारण स्थानीय अभिभावकले आफ्ना बालबालिकालाई अर्को विद्यालयमा पढ्न पठाएको बुझिएको छ। कार्यालय सहयोगी राईका अनुसार पढाउने शिक्षक पनि छैनन्, अनि हेडसर पनि नियमित नआउँदा स्थानीयले आफ्ना छोराछोरीलाई पढाउन अन्तै पठाउने गरेका हुन्।

सानोजुरेका बालबालिका अहिले केत्तुके र उबुँमा रहेका बोर्डिङ स्कुल तथा सामुदायिक राज्यलक्ष्मी माविमा पढ्न जान्छन्। त्यहाँ पुग्न पैदल डेढ घण्टा लाग्छ।

विद्यालयमा तीन वर्षदेखि एक शिक्षकको दरबन्दी रिक्त छ। तर शिक्षक नियुक्तिका लागि पहल भएको छैन। मानेभञ्ज्याङ गाउँपलिकाकै अर्को विद्यालयका प्रधानाध्यापकका आफन्तलाई सरुवा गरी ल्याउन यसरी दरबन्दी खाली राखिएको स्रोतले जनाएको छ। चार शैक्षिक सत्रको अन्तरालमा उक्त विद्यालयमा विद्यार्थी घटेर एक जनामा सीमित भएको हो।

विद्यालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०७२ मा कक्षा ३ सम्म सात विद्यार्थी थिए। चालु शैक्षिक सत्रमा तीन विद्यार्थी मात्र भर्ना भएका छन्। त्यसमा पनि एकजनाबाहेक अरू स्कुल आउँदैनन्। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको तथ्यांकले भने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर शून्य देखाएको छ। आजको नागरिक दैनिकमा समाचार छ l


(२०७५ पुष २२, आईतवार) ०८:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

युवा संगठनद्वारा लेखनाथमा सरकारी प्रतिबन्धविरुद्ध कोणसभा सम्पन्न

सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित युवा संगठन नेपाल जिल्ला संगठन समिति कास्कीले आज कास्की जिल्लाको लेखनाथस्थित पटनेरीमा सरकारी.....

काठमाण्डौ जाँदै गरेको बस त्रिशुलीमा खस्दा पाँचको मृत्यु, २९ यात्री घाइते

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आज बिहान ६ बजे धादिङ जिल्लाको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा  खस्दा पांच जना यात्रुको.....

सरकारी थिंक ट्यांकका संयोजक प्रा.डा. चैतन्य मिश्रद्वारा पदबाट राजिनामा

सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझावहरु दिन बनेको नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक) का संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन्। तीन वर्षका लागि नियुक्त.....

Exchange Rate

Nepali Patro