विभागका अधिकारीकै मिलेमतोमा मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीका औषधि बजारमा धमाधम बिक्रीवितरण !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २२, आईतवार) ०७:४१

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ।

जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन्। बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ।

यता नियामक निकाय औषधि व्यवस्था विभागका अधिकारीकै मिलेमतोमा विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेको जानकारहरूको भनाइ छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमा औषधि व्यवस्था विभागले खेलबाड गरिरहेको उनीहरू को आरोप छ।

औषधि व्यवस्था विभागका जिम्मेवार अधिकारी नै यसमा संलग्न रहेको स्रोतको भनाइ छ। विभागले आफ्नो वेबसाइटमा राखेको नेपाली औषधि कम्पनीको सूचीसमेत हटाएको छ। अधिवक्ता केदार कार्कीले विश्व स्वास्थ्य संगठनले तोकेको जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरण गर्नु उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको बताए। कम्पनीले उत्पादन गरेका औषधि गुणस्तरहीन सूचीमा राख्नुपर्ने बताउँदै कार्कीले त्यस्ता औषधि बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले विभागको वेबसाइटबाट औषधि उत्पादक कम्पनीको विवरण हटाएकोमा अनभिज्ञता प्रकट गर्दै आफूले बुझेर जानकारी दिने बताए।

देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल), एभरेस्ट फर्मास्युटिकल्स प्रालि, मार्क फर्मुलेसन प्रालि, मनोज फर्मास्युटिकल्स वक्र्स प्रालि, चेमी ड्रग इन्डस्ट्रिज प्रालि, विजयदीप ल्याबोरेटोरिज प्रालि, , युनिभर्सल फर्मुलेसन्स प्रालि, सिम्का ल्याबोरेटोरिज, सिद्धार्थ फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, मगनुस फर्मास्युटिकल्स प्रालि, फ्लोरिड ल्याबोरेटोरिज प्रालि , सिटिएल फर्मास्युटिकल्स प्रालि लगायतका औषधी उत्पादक कम्पनीहरुको  डब्लुएचओको जिएमपी प्रमाणपत्रको म्याद सकिए पनि मापदण्ड पूरा गर्न नसक्दा नवीकरण हुन सकेको छैन। तर ती कम्पनीहरुले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेका छन्। ती मध्ये कतिपय कम्पनीहरुले जिएमपी मापदण्ड पूरा गर्न नसकेर नवीकरण भएको छैनन् ।

तर, औषधि व्यवस्था विभागको फितलो अनुगमन र बेवस्ताका कारण मापदण्ड नपुगेर नवीकरण नभएका यी कम्पनीले उत्पादन गरेका औषधि बजारमा बिक्रीवितरण भइरहेका छन्। जिएमपी मापदण्ड पूरा गर्न नसकेका कारण अधिकांश औषधि कम्पनी नवीकरण गर्न कठिनाइ भएको स्रोतले बतायो।

औषधि व्यवस्था विभागले आर्य फर्मा ल्याब प्रालि, एसआर ड्रग ल्याबोरेटोरिज प्रालि र टौरुस फर्मालाई भने मापदण्ड पालन नगरेको भनेर कारबाही गरेको थियो। यी कम्पनीले खोकीको औषधिमा प्रयोग हुने सुडोफेड्री नामका लागूऔषध विभागको स्वीकृतिमा स्विट्जरल्यान्डबाट मगाएर चीनमा सप्लाई गरेर दुरुपयोग गरेको भेटिएपछि विभागले कारबाही गरेको हो। तर, कारबाहीमा परेका यी औषधि कम्पनीले उत्पादन गरेका अन्य औषधि भने बजारमा निर्बाध बिक्रीवितरण भइरहेको पाइएको छ। आजको नागरिक दैनिकमा खबर छ l

 

 

 


(२०७५ पुष २२, आईतवार) ०७:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नवसामन्त, नवधनाढ्य र हुकुमवासी : सुशीला कार्की

पशुपतिनाथ, जानकी मन्दिर, सुदूरपश्चिमको उग्र तारा, प्युठानको स्वर्गद्वारीलगायतका मन्दिर, मठ तथा बालुवाटारको सरकारी जग्गा कब्जा गरी हड्पिएका समाचार पत्रपत्रिकामा प्रकाशित छन्। रकम कलम मिलाई गैरकानुनी.....

तिर्थराज घिमिरेको हत्याविरुद्ध ने.क.पा.द्वारा संघर्षको घोषणा, हत्याको बदला जनताले उचित समयमा लिने बिप्लवको उद्घोष

सरकारले दोहोरो भिडन्तमा भोजपुरका तिर्थराज घिमिरेको मृत्यु भएको दाबी गरे पनि बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता घिमिरेलाई "नियन्त्रणमा लिएर हत्या गरेको" आरोप लगाएको छ.....

ने.क.पा. भोजपुरका जिल्ला सदस्य घिमिरेको गोली हानि हत्या, पार्टी केन्द्रीय सदस्य एबम भेरी ब्युरो इन्चार्ज शीतलसहित चार नेता गिरफ्तार

पार्टीलाई प्रतिबन्ध लगाएर ब्यापक दमनमा उत्रिएको सरकारद्वारा परिचालित प्रहरीले पहिलो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताको गोली हानि हत्या गरेको छ । भोजपुर र.....

Exchange Rate

Nepali Patro