सशस्त्रमा सिपाही–हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा, दुई डिएसपीलाई कारवाही

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २१, शनिबार) ०७:११

रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ ।

सशस्त्र प्रहरी ‘रिजर्भ फोर्स’ भएकाले दैनिक ड्युटीमा खटिनुपर्दैन । यही कारण कार्यालय प्रमुखले धेरै प्रहरीलाई एकैपटक बिदा दिने गर्छन् । कतिपय कार्यालयमा सिपाही÷हवल्दारलाई एक महिनासम्म समेत बिदा दिने गरिन्छ ।

कतिपय गणले एकैपटक सयभन्दा धेरैलाई बिदा दिन्छन् । तर, लामो समयसम्म बिदा बसेकाहरूको बिदा २–३ दिन मात्रै देखाएर अरू दिनको हाजिर गर्न लगाउँछन् । सो समयको रासनभत्ता भने लेखापाल र कार्यालय प्रमुख मिलेर अनियमितता गर्छन् ।

कतिपय प्रहरीले लामो बिदा बस्न पाएपछि सो अवधिको रासनभत्ता नपाए पनि चासो दिँदैनन् । एक प्रहरीले दिनमा औसतमा करिब एक सय ७५ रुपैयाँ रासनभत्ता पाउँछन् ।

०७१ देखि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई रासनको पैसा नगदमै दिन थालिएको छ । तलबसँगै बैंक खातामा रासनभत्ता दिइन्छ । तर, सशस्त्र प्रहरी ब्यारेक सिस्टममै बस्ने भएकाले भत्ता उठाएर मेस चलाउँछ । मेसको रकम सुरुमै एकमुष्ट तिर्नुपर्छ । मेस सञ्चालनको क्रममा तोकेअनुसार खाना नदिने तथा बिदाका नाममा अनियमितता हुने गरेका उजुरी मुख्यालयमा पर्ने गरेका छन् ।

आजको नया पत्रिकामा छापिएको समाचार अनुसार, रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म/गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो । रासनभत्तामा अनियमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयले विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोस्ट (बिओपी)का प्रमुखमाथि कारबाही थालेको हो ।

सशस्त्रको उजुरी छानबिन शाखामा अन्य गण तथा गुल्मबाट समेत रासनमा अनियमिततासम्बन्धी उजुरी बढेका छन् । प्रधान कार्यालयले कारबाही नै गर्न थालेपछि उजुरी बढेका हुन् । ‘हामीले यसका लागि मनिटरिङ सेल नै गठन गरेका छौँ,’ डिआइजी श्रेष्ठले भने, ‘रासन अनियमितताविरुद्ध कडाइका साथ कारबाही सुरु भएको छ ।’

 

 


(२०७५ पुष २१, शनिबार) ०७:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ।  काँडाघारीस्थित एक.....

अनुदार प्रजातन्त्रको अभ्यास : विनोद न्यौपाने

विचार, सिद्धान्त र प्रजातन्त्र आफैं लजाइरहेछन् सत्तापक्ष र प्रतिपक्षी दैनिकीले। निर्वस्त्र हुनेहरू लजाउँदैनन् किनकि उनीहरूले लाज पचाइसकेका हुन्छन्। विचार र सिद्धान्तले समाजलाई.....

राम सिंहको दाहसंस्कारस्थलबाट दुई जना ने.क.पा. कार्यकर्ता पक्राउ

धनगढीमा बिहीबार भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल.....

Exchange Rate

Nepali Patro