अखिल (क्रान्तिकारी) कास्की अध्यक्ष गुरुङ गिरफ्तार, नि:शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष २०, शुक्रबार) ०७:०८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङलाई गए राती प्रहरीले गिरफ्तार गरेको छ ।
अद्यक्ष गुरुङ गिरफ्तारीमा परेको जानकारी जिल्ला उपाध्यक्ष आस्था नेपालीले आफ्नो फेसबुक स्टाटसमार्फत दिएकी छिन ।
आफ्नो फेसबुक स्टाटसमा उनले अघि भनेकी छिन, ‘अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष क.काजी गुरुङलाई दलाल प्रहरी प्रशासनले विना कारण गिरफ्तार गरेको छ । गिरफ्तार कमरेड काजि गुरुङलाई विना सर्त यथा शिघ्र रिहा गर होइन भने सडकमा आगो बाल्न नपरोस् !!”
जिल्ला उपाध्यक्ष नेपालीले आफ्नो स्टाटसमा “यो लोकतन्त्र हो, राजतन्त्र होइन विचार गर !! नेपालीले फरक मत, फरक विचार राख्न पाउने अधिकार हो तर राज्य यति आतंकित किन ???” भनेर प्रश्न गरेकी छिन ।
उनलाई पोखराको अमरसिंहचोकबाट गिरफ्तार गरिएको प्राप्त समाचारमा जनाइएको छ । गिरफ्तार गुरुङलाई कहाँ राखिएको छ र किन गिरफ्तार गरिएको हो भन्ने बारेमा प्रहरीबाट आधिकारिक जानकारी आएको छैन ।

यसै बीच अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो संगठनका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई तुरून्त नि:शर्त रिहा गर्न माग गर्दै नि:शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा गुरुङ गुरुङ गिरफ्तारीको कारण खुलाउंदै अघि लेखेका छन्, ” हिजो कामको सिलसिलामा सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण सामाजिक फासिवादी दलालहरूको दुई तिहाई सरकारका मतियारहरूले प्रतिष्ठानका अध्यक्ष हरि अधिकारी (कुमार)को सुराकीमा गिरफ़्तार गरिएको बुझिएको छ ।  गिरफ्तारिले तिम्रो कदम विरूद्ध अझ आक्रामक र निर्मम भएर लाग्ने ताकत पैदा गर्ने छ ।”


(२०७५ पुष २०, शुक्रबार) ०७:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार.....

वार्ताको कोकोहोलो मच्चाएर सम्पर्कसुत्र गिरफ्तार गर्दै सरकार, सम्पर्कसुत्र माइला लामालाई ज्यान मुद्दा लगाउने तयारी

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्पर्क सुत्रमार्फत अनौपचारिक वार्ता गरिरहेको कोकोहोलो मच्चाइरहेको वर्तमान सरकारले तिनै सम्पर्कसुत्रको रुपमा काम गरिरहेका नेपाल.....

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ। .....

Exchange Rate

Nepali Patro