मुलुकको व्यापार घाटा बढ्दै, पाँच महिनामा आयात ३३.८ प्रतिशतले वृद्धि

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ पुष १७, मंगलवार) ०९:५७

चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकमा आयात ३३.८ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनमा आयातमा ३३.८ प्रतिशले वृद्धि भइ ६ खर्ब ७ अर्ब रुपैयाँको सामान आयात भएको छ ।  आयात दर बढ्दै गएकाले पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ७० अर्ब पुगेको छ ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार  अघिल्लो वर्ष सोही अवधिमा ४ खर्ब ५३ अर्ब ७६ करोड १४ लाख ४ हजार रुपैयाँको आयात भएको थियो ।सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, मेसेनरी औजार, यातायाताका सामान, विद्युतीय सामान, कृषिन्जय उत्पादन रहेका छन् ।

कृषिप्रधान मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब ४० करोड ९६ लाख ५७ हजार रुपैयाँको कृषिजन्य वस्तुको आयात भएको हो । यो वर्ष मुलुकमा धानको उत्पादन वृद्धि भए पनि खाद्यान्नको आयात भने कम हुन सकेको छैन । यो वर्ष धानको उत्पादन झन्डै नौ प्रतिशतले बढेर ५६ लाख १० हजार मेट्रिक टन पुगेको छ । सो अवधिमा सबैभन्दा धेरै १३ अर्ब ५८ करोड ४ लाख ३२ हजार रुपैयाँको चामल आयात भएको केन्द्रको तथ्यांक छ ।

६ अर्ब ९८ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको तरकारी आयात भएको छ । यस्तै, ५ अर्ब ७१ करोड ६० लाख ८६ हजारको फलफूल, ५ अर्ब १९ करोड ११ लाख ५७ हजार रुपैयाँको मकै, ४ अर्ब ९९ करोड २८ लाख ७८ हजारको दलहन आयात भएको छ । यस्तै, ४ अर्ब ३९ करोड ३८ लाख ८० हजार रुपैयाँको तेलजन्य उत्पादन र २ अर्ब ३९ करोड ७१ लाख ७२ हजार रुपैयाँको गहुँ आयात भएको केन्द्रको तथ्यांक छ । अर्ब कृषिप्रधान मुलुक नेपालले पछिल्लो पाँच महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबरको कृषिन्जय सामान आयात भएको छ ।

केन्द्रका अनुसार पाँच महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा १४ दशमलब ५ प्रतिशतले वृद्धि भइ ८७ अर्ब ९९ करोड १६ लाख ९५ हजारको भएको छ । यस्तै, ७३ अर्ब २३ करोड ७७ लाख ४९ हजार रुपैयाँको मेसिनरी सामान आयात भएको छ । कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १४.५ प्रतिशत रहेको छ । छिमेकी मुलुक भारत र चीनबाट ठूलो मात्रामा नेपालमा सामान आयात हुने गर्छ । केन्द्रका अनुसार ६४ प्रतिशत भारत र २२ प्रतिशत सामान चिनबाट आयात हुने गर्छ ।

पाँच महिनामा १२.३ प्रतिशतले वृद्धि भइ ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।  सो अवधिमा कृषिजन्य वस्तुको निर्यात भने ११ अर्ब ४३ करोड ५३ लाख ५२ हजार रुपैयाँको छ । गत वर्षको पाँच महिनामा ७८ अर्ब ५४ करोड ४२ लाख ६ हजार रुपैयाँको आयात भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले आयातदर बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसकेको बताए । अघिल्लो वर्षको तुलनामा निर्यातमा सामान्य सुधार आएको उनको भनाई छ । आयातको तुलनामा निर्यातदर न्युन रहेकाले मुलुकको व्यापार घाटा बढ्दै गएको उनको भनाई छ ।

“पाँच महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ,” उनले भने, “यसको आयात प्रतिस्थापन गर्नका लागि विद्युत् उत्पादनको विकल्प छैन ।” गैरकृषिजन्य वस्तुहरू ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुहरूमा उल्लेख्य वृद्धि भएकोले मुुलुकको समग्र निर्यातमा सुधार देखिएको केन्द्रको भनाइ छ ।

स्रोत कारोवार दैनिक


(२०७५ पुष १७, मंगलवार) ०९:५७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro