कन्चनपुरमा चाउमीन खाँदा एकै घरका दुई बालकको मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ पुष १, आईतवार) १५:१८

कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालक १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनारको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ ।

बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा  बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए ।

दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन ।


(२०७५ पुष १, आईतवार) १५:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार.....

वार्ताको कोकोहोलो मच्चाएर सम्पर्कसुत्र गिरफ्तार गर्दै सरकार, सम्पर्कसुत्र माइला लामालाई ज्यान मुद्दा लगाउने तयारी

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्पर्क सुत्रमार्फत अनौपचारिक वार्ता गरिरहेको कोकोहोलो मच्चाइरहेको वर्तमान सरकारले तिनै सम्पर्कसुत्रको रुपमा काम गरिरहेका नेपाल.....

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ। .....

Exchange Rate

Nepali Patro