नेपाल वायुसेवा निगमलाई धक्का, नेपाली एयरलाइन्सलाई युरोपमा प्रतिवन्ध कायमै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ मंसिर १५, शनिबार) ०२:२२

युरोपेली युनियन ईयूले शुक्रबार निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसका कारण नेपाली एयरलाइन्सहरुले युरोपेली युनियनमा अावद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र (एओसी) जारी गरेका सबै नेपाली सबै विमान कम्पनीलाई ईयुले कालोसूचीमा राखेको हो । नेपालममा एओसी वितरण सही तरिकाले नहुने ईयूको बुझाई छ ।

नेपालमा हवाई सुरक्षाको अवस्था पाँच वर्ष अघिकै अवस्थामा रहेको ईयूको निष्कर्ष छ । र, यसमा कुनै सुधार नभएको भन्दै ईयूले नेपाललाई कालोसूचीमा राखेको हो ।

हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण यस वर्ष पनि ईयूको कालोसूचीमा परेको जानकारहरु बताउँछन् । साथै ईयूले नेपाललाई प्राधिकरणलाई सेवा प्रदायकबाट अलग बनाएर नियामक निकायको रुपमा मात्रै राख्नुपर्ने बताइरहँदा त्यसका लागि ऐन बनाउने प्रक्रिया भर्खरै अघि बढेको छ । अहिले प्राधिकरण आफैंले सेवा पनि दिन्छ र नियमन पनि गर्छ ।

त्यस्तै विभिन्न विमानस्थलको निर्माण प्रक्रिया अघि बढाए पनि सहि ढङ्गले अघि बढ्न सकेको छैन । कमजोर भौतिक संरचना भएपनि प्राधिकरणले नयाँ विमान कम्पनीहरुलाई उडान अनुमति दिन भने छाडेको छैन । जसका कारण त्रिभुवन विमानस्थलको आकाश र मैदान दुबैमा जहाज होल्डिङ हुने समस्या छ । यिनै कारण उडान अनुमतिपत्र जारी भएका सबै बिमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भिर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत वर्षको ६ साउनमै नेपाल हटिसकेको छ ।वसको प्रमाणपत्र मन्त्री रविन्द्र अधीकारीले बुझिसकेका छन् ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । तर, ईयूले आईकाओले कालोसूचीबाट हटाएकै भरमा नेपालका विमान कम्पनीलाई कालोसूचीबाट हटाएको छैन ।

यस अघि नेपाली उड्डयन अधिकारीहरुको युरोपेली युनियन ईयूले यो वर्ष नेपालका विमान कम्पनीहरुलाई कालो सूचीबाट हट्ने दाबी गर्दै आएका थिए । यसले भर्खरै मात्रै दुई वटा वाइडबडी भित्र्याएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको युरोप उडानको योजना तत्काललाई टरेको छ ।

 


(२०७५ मंसिर १५, शनिबार) ०२:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro