इटहरीमा आगलागी हुदा करोडौको क्षेति

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ कार्तिक २१, बुधबार) २०:०८

इटहरी बजारमा आज दिउँसो आगलागी भएको छ। इटहरी वडा नं. ६ की रेखा पराजुलीको टिभी र फ्रिज सो रुमसँगै छेउमै सटेको गणेश लुईटेलको घरमा आगलागी भएको हो।

पराजुलीको चार तले घरको पहिलोे तलामा टिभी र फ्रिज रुम रहेकोमा विद्युत सर्ट भएर दिउँसो १२ बजेतिर आगलागी सुरु भएको हो। विद्युत सर्ट भएर लागेको आगोले दोस्रो र तेस्रो तलामा रहेका टिभी, फ्रिज र इलोक्ट्रिक आइटमको स्टक सामान जलेर नष्ट भएको रेखाका जेठाजु ईश्वरी पराजुलीले बताए।

अहिलेसम्मको प्रारम्भिक अनुमान अनुसार दुई करोड बराबरको स्टक सामान जलेको र अरु यकिन हुन नसकेको बताइएकाे छ। रेखाको घरको पहिलो तलाको अगाडिका कोठामा टिभी, फ्रिजसँगै इलेक्ट्राेनिक सामानको विक्री केन्द्र रहेकोमा दोस्रो र तेस्रो तलामा स्टक सामान राखिएको थियो। चौथो तलामा मेनपावर अफिस रहेपनि केहि समय अघिमात्रै खाली भएको थियो। ‘पहिलो तलाको पछाडि पट्टीबाट विद्युत सर्ट भएर आगो सल्किएको हो,’ ईश्वरीले भने, ‘लक्ष्मी पूजा गर्न सरसफाई गर्ने क्रम चलिरहेका बेला आगो लागेको हो।’ पछाडि पट्टीबाट सुरु भएको आगो दोस्रो र तेस्रो तला सम्म पुगेकाे थियाे।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले दोस्रो तलामै आगो बढी फैलिएकाले कहाँबाट सुरु भएकाे भन्ने बारे थाहा हुन नसकेकाे बताए। आगोले रेखाका छिमेकी गणेश लुईटेलको तीन तले घर पनि जलेको छ। आगो नियन्त्रण गर्नका लागि इटहरीसहित दुहवी, धरान, इनरुवा, धरान, मोरङ सुन्दरहरैँचा र विराटनगरको वारुणयन्त्र, सेना र प्रहरीको टोली परिचालन भएको थियो । आगो सवा तीन बजे नियन्त्रणमा अाएकाे र क्षतीकाे विवरण संकलन भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ।


(२०७५ कार्तिक २१, बुधबार) २०:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका हौं ।) नेपालमा.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी

राजकुमार योगी /कालीकोट - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क 'हितमान' ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल.....

Exchange Rate

Nepali Patro