सिक्कीमीकरणकाे खुलेर विरोध गराैं : प्रेम सागर पौडेल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ कार्तिक २०, मंगलवार) ०७:३३

भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास भइरहेकाबीच नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ। उक्त संसोधन विधेयक पारित भएमा नेपाल आप्रावासीहरुको मुलुक बन्ने दिशातर्फ बढ्नेमा दुविधा छैन।

सांसदद्वय प्रमोद साह र एकवाल मियाँले राज्यब्यवस्थाको समितिमा पेश गरेको सार्क राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने सहितको प्रस्ताव पारित भएमा पहाडी मुलका भारतीय नेपाली आप्रावासीसँगै तराईका नेपाली भन्दै ठूलो संख्यामा भारतीय आप्रावासीले नेपाली नागरिकता लिन सफल हुनेछन्। सांसदद्वयले भारतीय स्वार्थमा उक्त संसोधन प्रस्ताव पेश गरेको छताछुल्ल भइसकेको छ। सार्क राष्ट्रमा बसेका गैरआवासीय नेपाली भन्ने बहानामा ठूलो संख्यामा आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउने भारतीय षड्यन्त्र देखिएकोले त्यसको पछि नलाग्न र सचेत हुन समेत अनुरोध छ। जनसंख्याका हिसाबले पनि सबैभन्दा ठूलो राष्ट्र भारतको यो पछिल्लो रणनीति सफल भए नेपाललाई भारतले सजिलै फिजीकरण गर्न सक्नेछ। साथै फिजीकरण गर्नमा सफल भए पश्चात् सिक्कीमीकरण गर्ने योजना छ। उक्त बदनियतपूर्ण भारतीय षड्यन्त्रको खुलेर विरोध गर्नुपर्छ।

पश्चिमा शक्तिले नेपाललाई चीन विरोधी अखडा बनाउन भारतलाई माध्यमका रुपमा प्रयोग गरिरहेकाेछ। पश्चिमा शक्तिले भारतमा भारतीय सेनालाई तालिम दिने नाममा सिक्किम, कलकत्ता, लद्दाख लगाएतका स्थानमा अाफ्नाे वेश बनाइरहेको छ। भारतभित्रै विभिन्न संघसंस्थालाई प्रयोग गरेर उसले कमजोर बनाउने र त्यहाँका भ्रष्ट कर्मचारी राजनीतिक नेतृत्व र अन्य क्षेत्रका पदाधिकारीलाई प्रयोग गरेर नेपालमा अस्थिरता बढाउन हाैस्याइरहेकाेछ। नेपालभित्र पनि अाफ्ना अनुयायीलाई भारतविराेधी माेर्चामा उभिन लगाएर चीन विरोधी जासुसी गर्न लगाउने, देशभक्त नेपालीको लगत संकलन गर्ने र अस्थिरता उत्पन्न गराउने काम गरिरहेको छ। जसले गर्दा भारतलाई नेपालमा खेल्न र नेपाललाई कमजोर बनाउन सुरक्षित वातावरण बनिरहेको छ। अर्कोतिर भारतका अनुचरका रुपमा उदाङ्गाे भइसकेका अनुहारलाई प्रयोग गरेर संसद र सडकबाट सरकारलाई दबाब दिएर सरकारलाई कमजोर बनाउने र देशलाई अस्थिरतामा धकेलेर सिक्कीमीकरणकाे योजना सफल बनाउने उद्देश्यमा लागेको छ। यस्तो खतरनाक अवस्थामा देशका राजनीतिक नेतृत्व र जिम्मेवार पदाधिकारीले प्रकृति र संस्कृतिलाई प्राथमिकतामा राखेर देश अनि जनताको स्वार्थ सर्वाेपरी ठानेर काम गर्न अनुरोध छ।


(२०७५ कार्तिक २०, मंगलवार) ०७:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी

राजकुमार योगी /कालीकोट - नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क 'हितमान' ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल राज्यसत्ताका.....

सत्तारुढ नेकपा नेता भुसालको प्रश्न – यो दुई तिहाई कसको ? दलाल पूँजीवादको कि समाजवादको ?

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुषालले अहिलेकै नेकपाले समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन्। पार्टी दलाल पूँजीवादलाई नियन्त्रण गर्ने गरी अघि नबढेको भन्दै उनले नेकपा समाजवाद.....

सरकारद्वारा ने.क,पा.बिरुद्ध दमनको संकेत, महासचिव बिप्लवका दाजुभाईका घरमा पक्राउ पुर्जी टाँस

ने.क.पा.ले देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ संचालन शुरु गरेको अवस्थामा पार्टी महाचिव विप्लव र उनका दाजु पार्टी पोलिटब्युरो सदस्य एबम लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्र बहादुर.....

Exchange Rate

Nepali Patro