वलात्कृत बालिकाको बारे गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारवाही

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन २५, बिहीबार) ०४:२६

वलात्कृत बालिकाको बारे गलत रिपोर्ट दिने दुई डाक्टरलाई नेपाल मेडिकल काउन्सिलले कारवाही गरेको छ । कारबाहीमा परेका डाक्टरहरुमा  जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत  रहेका छन्  ।

उनीहरुले भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि १२ वर्षकी बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएका थिए ।

नेपाल मेडिकल काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।

दुई डाक्टरले भदौ ९ गते पीडित बालिकाको नमुना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । त्यसपछि सोही बालिकाको भदौ २५ गते सिरहा अस्पतालमा डा. राकेशकुमार सिंहले नमुना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।

यस विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।


(२०७५ आश्विन २५, बिहीबार) ०४:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मन्त्रीको निर्देशनमा गिरफ्तार नेकपाका दुई नेतालाई जनताले प्रहरी नियन्त्रणबाट खोसे

मन्त्री वर्षमान पुनको निर्देशनमा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई नेतालाई स्थानीय जनता र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले प्रहरी.....

ओली-प्रचण्डको प्रतिवेदनविरुद्ध बामदेवको ‘फरक मत’ : पार्टी एकताको महत्वको आत्मसाथ गर्न आहृवान

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले लिखित ‘फरक मत’ राखेका छन् । स्थायी कमिटीको बैठकमा सचिवालय सदस्य गौतमले लिखित रुपमा आफ्नो.....

कांग्रेस सभापतिको घरमा पढ्न बसेकी बालिकाको वलात्कारपछि हत्या !

नेपाली काँग्रेस बेलकानगर नगर सभापति शील सेडाईको घरमा पढ्न बसेकी १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सभापति सेडाईको घरमा पढ्न बसेकी बेलका नगरपालिका–४ की राधिका.....

Exchange Rate

Nepali Patro